डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्न माग गरिएको रिटमा आज सर्वोच्चमा सुनुवाई हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2022 | 10:55:14 AM मा प्रकाशित

laxmi  sunrise bank

 प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.३ की उम्मेदवार  डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन आयोगले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाई हुदै छ । आज न्यायधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलाशमा यस मुद्दाको सुनुवाई हुन लागेको हो ।

यो रिटको पेशी उक्त इजलाशको पहिलो नम्बर मै तोकिएकोले आज यस मुद्दामा आदेश आउने निश्चित जस्तै छ । यस अघि लगातार ३ पटक यो मुद्दाको पेशी तोकिए पनि 'हेर्न नभ्याईने' मा पर्दै स्थगित भएको थियो । 

डा, कार्कीको उमेदवारी कायम राख्न सर्वोच्च अदालतले दिएको आदेश बदर गर्न माग गर्दै निर्वाचन आयोगले सर्वोच्च अदालतमा निवेदन दिएको हो । सर्वोच्चका न्यायधिश डा. कुमार चुडालको एकल इजलाशले डा. तोसिमा कार्कीको  उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय कार्यन्वयन नगर्न र उनको उम्मेदवारी कायम राख्न अन्तरिम आदेश दिएको थियो ।

आयोगले सोहि आदेश विरुद्द सर्वोच्चमा निवेदन दिएको हो । आयोगले भनेको छ ' ललितपुर जिल्ला क्षेत्र नं.३ बाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.तोसिमा कार्कीको उम्मेदवारीका विषयमा सर्वोच्च अदालतबाट २०७९।७।१५ मा भएको अन्तरिम आदेश बदर गरीपाउँ भनी शुक्रबार निर्वाचन आयोगले सर्वोच्च अदालतमा निवेदन गरेको छ।' 

निर्वाचन आयोगले लाभको पदमा रहेको भन्दै आफ्नो उम्मेदवारी खारेज गरिदिएपछि डा. तोसिमा कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।  उनले निर्वाचन आयोग नेपाल कान्तिपथ काठमाडौ , मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुर जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.३  र  नेपाल मेडिकल काउन्सिल बाँसबारी काठमाडौलाई विपक्षी बनाएर रिट दायर गरेकी थिइन्। 

अदालतले प्रतिनिधि सभा सदस्यको निर्वाचनको उम्मेदवारीको सन्दर्भबाट निवेदकलाई हुन सक्ने अपूरणीय क्षति (ireparable damage) को स्थिति तथा सुविधाको सन्तुलन (balance of convenience) समेतको रोहबाट प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदक डा. तोसिमा कार्कीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ ललितपुरको उम्मेदवारी अयोग्य हुने गरी निर्वाचन आयोग नेपालले मिति २०७९।०७।१२ मा गरेको निर्णय कार्यान्वयन नगर्नु, नगराउनु, निवेदकको उम्मेदवारी खारेज नगर्नु, नगराउनु, निजको उम्मेदवारी समेतलाई यथावत कायम राखी निर्वाचन प्रक्रिया अगाडि बढाउनु भनी अन्तरिम आदेश जारी गरेको थियो।  अदालतले उनको उम्मेदवारी खारेज गरेको विषयमा आयोगको नाममा कारण देखाउ आदेश समेत जारी गरेको थियो।  

अदालतको सोहि आदेश बिरुद्द आयोग सर्वोच्च मै गएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved