डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्चको आदेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2022 | 02:49:52 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.३ की उम्मेदवार  डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न आदेश दिएको छ । उनको उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन आयोगले दायर गरेको रिटमा अदालतले उनको उम्मेदवारी कायम नै हुने गरि यस अघिको अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश दिएको हो ।

न्यायधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलाशले सर्वोच्चले उनको उम्मेदवारी कायम राख्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । अदालतले उनी लाभको पदमा रहेको भन्न नमिल्ने उल्लेख गरेको छ  ।

 डा, कार्कीको उमेदवारी कायम राख्न सर्वोच्च अदालतले दिएको आदेश बदर गर्न माग गर्दै निर्वाचन आयोगले सर्वोच्च अदालतमा निवेदन दिएको थियो । सर्वोच्चका न्यायधिश डा. कुमार चुडालको एकल इजलाशले डा. तोसिमा कार्कीको  उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय कार्यन्वयन नगर्न र उनको उम्मेदवारी कायम राख्न अन्तरिम आदेश दिएको थियो । आयोगले सोहि आदेश विरुद्द सर्वोच्चमा निवेदन दिएको थियो । तर अदालतले डा. कार्कीको पक्षमा आदेश दिदै उनको उम्मेदवारी कायम राख्न भनेको हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved