विदेशस्थित नियोगबाटै श्रम स्वीकृति

भावना लामा

भावना लामा

Dec 24, 2018 | 04:54:32 PM मा प्रकाशित

laxmi  sunrise bank

विभिन्न देशमा कार्यरत नेपाली कामदारले अब पुन श्रम स्वीकृतिको लागी नेपाल आउन नपर्ने भएको छ । सरकारले वैदेशिक रोजगारीका लागी विभिन्न देशमा कार्यरत नेपाली कामदारको पुन श्रम स्वीकृत विदेश स्थित कुटनितिक नियोगबाटै जारी गर्ने भएको हो ।
संसदमा आईतबार दर्ता भएको नेपाल ऐन संशोधन गर्न बनेको विद्येयक अनुसार बैदेशिक रोजगार ऐन २०६४ मा संशोधन गर्दै कार्यरत मुलुकबाटै पुन श्रम स्वीकृति लिन पाउने व्यवस्था गरिएको हो । संसदमा दर्ता भएको उक्त प्रस्ताव संसदबाट पारित भएपछि लागू हुनेछ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार विदेशमा काम गरिरहेका कामदारले सम्बन्धित मुलुकका राजदूतावास वा अन्य कुटनितिक नियोगबाट श्रम स्वीकृति नविकरण गर्न पाउने व्यवस्था गर्न लागिएको हो ।
ऐनको दफा २१ को संसोधन प्रस्तावमा विदेशमा रहेका कामदारले सम्बन्धित मुलुक हेर्ने नेपाली कुटनीतिक नियोगबाट बढीमा दुई पटक श्रम स्वीकृति लिनसक्ने व्यवस्था गरिएको छ।
हाल विभिन्न देशमा कार्यरत नेपालीहरु पुन श्रम स्वीकृति नविकरणका लागी एक महिना अघि नेपाल फर्किनुपर्ने बाध्यता रहेको छ । तर सरकारले लागू गर्न खोजिएको नयाँ व्यवस्थाबाट भने विदेशमा कार्यरत थुप्रै नेपाली कामदार लाभान्वीत हुने मन्त्रालयको भनाई छ । पुन श्रम स्वीकृति नविकरणकै लागी नेपाल आउनु पर्ने झन्झटबाट कामदारहरु मुक्त हुने छन् भने २ पटकभन्दा बढी श्रम स्वीकृति लिन पाउने छैन ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved