मलेसियाबाट फर्केका युवाले सुरु गरे सामुहिक व्यवसाय

भावना लामा

भावना लामा

Jan 15, 2019 | 02:53:23 PM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियाबाट फर्केका युवाहरुको समूहले सामुहिक रुपमा व्यवसाय सुरु गरेका छन् । मलेसियाबाट फर्केपछि नेपालमै केहि गर्ने उदेश्यका साथ ‘मलेसिया रिटर्नी समाज नेपाल’ नामक संस्था स्थापना गरी व्यवसाय सञ्चालन थालेको संस्थाले जानकारी दिएको छ । संस्थाले विभिन्न विभाग छुट्टाएर व्यवसायको थालनी गरिरहेको ईन्भेष्टमेन कम्पनि विभागका सदस्य सुरेश बस्नेतले जानकारी दिएका छन् ।

उनका अनुसार संस्थामा कृषि, होटल, गाडी, र्याफटीङ लगाएत विभागहरु रहेका छन् । होटल विभाग अन्तर्गत काठमाडौंको अनामनगरमा ‘सहयात्रा’ नमक रेष्टुरेण्टको स्थापना भैसकेको छ । केहि दिनमै काठमाडौंको चक्रपथमा सञ्चालन हुनेगरी ४ वटा महिला वस सञ्चालनमा ल्याउने तयारी रहेको उनको भनाई छ ।

साधारणतया रोजगारीको लागी मलेसिया गएका नेपाली कामदारहरु विभिन्न फ्याक्ट्रीमा काम गर्ने हुँदा कृषि, होटल व्यवसायमा सम्बन्धि ज्ञान नहुने उनले बताए । संस्थाले छुट्टाएको विभाग अनुरुप सदस्यहरुलाई तालिम प्रदान गर्ने व्यवस्था छ । हाल कृषि क्षेत्रमा काभ्रेमा बाख्रा फारम, पोखरामा गाई फारम, तरकारी खेति सञ्चालनमा ल्याउने साथै देशभर नै विभिन्न व्यवसाय सञ्चालन गर्ने संस्थाको तयारी रहेको उनी बताउँछन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved