रोजगार संयोजकको नतिजा सार्वजनिक गर्ने श्रम मन्त्रालयको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2019 | 11:31:29 AM मा प्रकाशित

laxmi  sunrise bank

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकमा छनौट भएकाहरुको नामावली प्रकाशन गर्ने अन्तिम तयारि थालेको छ। देशभरका ७५३ स्थानीय तहका लागि छनौट भएका रोजगार संयोजकको नाम आज (फागुन १३) दिउँसो प्रकाशित गरिने श्रम मन्त्रालयले जनाएको छ।  

मन्त्रालयकाअनुसार योग्यताका आधारमा प्रारम्भिक सूचीमा पर्न सफल २ हजार २ सय ६२ आवेदकको परीक्षा कम्प्युटर प्रणालीबाट शनिवार र आइतवार सम्पन्न भैसकेको छ।   

देशभरका स्थानीय तह स्तरबाटै बेरोजगार र रोजगारदाताहरूको सूची तयार गर्न तथा यस कार्यक्रमलाई संयोजन गर्नका लागि सरकारले प्रधानमन्त्री  रोजगार कार्यक्रम अन्तर्गत सबै स्थानीय तहमा रोजगार संयोजक खटाउने तयारी गरेको हो। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved