सामाजिक सुरक्षा कोषलाई बल पुग्ने गरि कर्मचारी संचय कोषको निर्णय, संचयकर्तालाई ठूलो राहत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2021 | 12:35:51 PM मा प्रकाशित

laxmi sunrise bank

कर्मचारी संचय कोषले सामाजिक सुरक्षा कोषमा आबद्द हुनलाई प्रोत्साहन मिल्ने गरि संचयकर्ताले आफ्नो जम्मा भएको पैसा ट्रान्सफर गर्न वा झिक्न पाउने निर्णय गरेको छ। गत साता बिहिबारको कर्मचारी संचय कोषको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको स्रोतले जनाएको छ। 

उक्त निर्णयअनुसार बैंक वित्तीय सँस्था लगायतका बिभिन्न सँस्थामा काम गर्नेहरुले कर्मचारी संचय कोषमा अहिलेसम्म जम्मा गरेको पैसा नगद नै झिक्न वा सामाजिक सुरक्षा कोषमा ट्रान्सफर गर्न पाउनेछन्। उक्त निर्णयले सामाजिक सुरक्षा कोषमा आबद्द हुँदा कर्मचारी संचय कोषमा जम्मा भएको पैसा के हुने भन्ने अन्यौलको समाधान दिएको छ। 

उक्त निर्णय अगाडी कोषमा जम्मा भएको पैसा संचयकर्ताले आफुले चाहेको ठाउँमा ट्रान्सफर गर्न नपाइने अवस्था थियो भने झिक्न परे आफुले कामबाट राजिनामा दिएको हुनुपर्ने थियो। यहि अवस्थाका कारण बिशेषगरि बैंक वित्तीय सँस्थामा कार्यरत संचयकर्ताहरुमा सामाजिक सुरक्षा कोषमा आबद्द हुँदा आफ्नो अहिलेसम्म जम्मा भएको पैसा के हुन्छ भन्ने डर तथा अन्यौलको वातावरण थियो। 

सामाजिक सुरक्षा कोषले पनि अहिलेसम्म जम्मा भएको पैसा जहाँ जम्मा भएको छ त्यहि राख्न वा ट्रान्सफर गर्न पाइने व्यवस्था गरिदिएको थियो। तर कर्मचारी संचय कोषको यस अगाडी अर्थात उक्त निर्णय हुनु अगाडीको व्यवस्थाले ट्रान्सफर गर्नबाट रोक लागेको थियो। 

ट्रान्सफर गर्न रोक लाग्दा सामाजिक सुरक्षा कोषमा आबद्द हुनेले कोषमा नै आफ्नो जम्मा गर्नुपर्ने रकम जम्मा गर्ने तर यता संचय कोषमा जम्मा नगर्ने अवस्था बन्न पुगेको थियो। जसले गर्दा एउटा निश्चित समयसम्म रकम जम्मा नहुँदा संचयकोशमा जम्मा गर्दै आएकाले त्यहाँ जम्मा गर्न छाडेपछि हिजो जम्मा भएको रकममा ब्याज समेत नपाउने अवस्था बन्ने माहोल बनेको थियो। 

तर कर्मचारी संचय कोषको गत बिहिबारको संचालक समितिको बैठकले गरेको निर्णयले त्यहाँ जम्मा भएको पैसा ट्रान्सफर गर्न वा झिक्न पाउने बाटो खुलेको छ। २०७८ चैतसम्म त्यहाँ जम्मा भएको पैसा सामाजिक सुरक्षा कोषमा ट्रान्सफर गर्दा यसरी ट्रान्सफर भएको पैसामा कर छुट हुने व्यवस्था छ तर नगद नै झिकेको हकमा कर छुट हुन्छ वा हुदैन भन्ने कुरा अझैं पनि स्पष्ट छैन। 


 


  

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved