बिजपाटी समाचार प्रभावः कुवेतमा अलपत्र ७ जना नेपाल फिर्ता, म्यानपावर विरुद्द मुद्दा दायर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2024 | 08:05:49 PM मा प्रकाशित

laxmi  sunrise bank

दिपज्योति म्यानपावर सर्भिसबाट कुवेत पुगेर अलपत्र परेका ७ जना युवा नेपाल फर्किन सफल भएका छन् ।  पौष २ गते बिजपाटीले दीपज्योतिबाट कुवेत गएका ७ नेपाली अलपत्र, नेपाल फर्कन खोज्दा पाएनन् पासपोर्ट शिर्षकमा समचार लेखेको थियो । बिजपाटी डटकमले उनीहरु विदशमा अलपत्र परेको समाचार प्रकाशन गरेपछि वैदेशिक रोजगार विभागले यसबारे चासो दिएको थियो ।

यसरी अलपत्र परेर स्वदेश फर्किनेमा मकवानपुरको ईन्द्रसरोवार गाउँपालिकाका जिवन कुमार ठाकुर, मोरङको रंगेली नगरपालिकाका कमल बहादूर माझी, उदयपुरको चौदण्डीगढी नगरपालिकाका लाल बहादूर बस्नेत र नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिकाका आशिस रिमाल रहेका छन् । त्यसैगरी, रामेछापको लिखु गाउँपालिकाका दावा तामाङ, मकवानपुरका राम बहादूर थिङ र सिन्धुपाल्चोकका धनराम तामाङ रहेका छन् । आफुहरु आइतबार बिहान काठमाडौँ ओर्लिएको धनराम तामाङले बताए । 

उनीहरुले पौष १७ गते मंगलबार वैदेशिक रोजगार विभागमा गएर सो म्यानपावर विरुद्ध २४ लाख ८५ हजार १४० रुपैयाँ क्षतिपूर्ति माग गर्दै मुर्दा दर्ता गराएका छन् ।  म्यानपावरलाई कारवाहीको माग सहित विदेश जाँदा म्यानपावरलाई दिएको रकम, टिकट खर्च र बाँकी तलब गरी एकमुष्टरुपमा २४ लाख ८५ हजार बराबर क्षतिपूर्ति माग गर्दै मुद्धा हालेका हुन् । मुद्धा दर्तासँगै विभागले सो म्यानपावरलाई लिखित जवाफ सहित ७ दिनभित्र उपस्थित हुन पत्र काटेको छ । 

 सहयोग नगरेको गुनासो

उनीहरु त्यहाँ अलपत्र परेको बारे वैदेशिक रोजगार विभागलाई थाहा थियो । तर, पनि आफुहरुलाई नेपाल फर्काउन कुनै प्रयास नै नगरेको नेपाल फर्किएका पीडितहरुले जनाएका । उनीहरु त्यहाँ अलपत्र परेको विषयमा पौष २ गते विभागका सूचना अधिकारी कविराज उप्रेतीले कुवेत स्थित नेपाली राजदूतावासलाई उनीहरुको अवस्थाको बारेमा जानकारी लिन भनेको जनाएका थिए । 

तर, अलपत्र परेका ७ जना आफै दूतवास गएर घटनाबारे जानकारी दिदाँपनि दूतवासले खासै वास्ता नगरेको उनीहरु बताउँछन् । नेपाल फर्काउन दूतवासले कुनै सहयोग नगरेको उनीहरु बताउँछन् ।

भएको के थियो ?

सो म्यानपावरबाट उनीहरुलाई गत मार्च महिनामा सेकुरिटी गार्डका लागि काम गर्न कुवेत पठाएको थियो । ८ घण्टा काम १२० कुवेति दिनार तलब दिने सम्झौता गरेर म्यानपावरले उनीहरुलाई मार्चमा त्यहाँ पठाएको थियो । कुवेतस्थित ग्रुप बामा जेनरल ट्रेडिङ एण्ड कम्पनीमा उनीहरुले मार्च १९ तारिखदेखि काम पनि सुरु गरेका थिए । तर, काम भने सम्झौता भन्दा धेरै समय गर्नुपरेको तामाङले बताए । 

दिनको ८ घण्टा काम गर्ने सम्झौता भएपनि १२ घण्टाभन्द बढी काम गर्नुपरेको उनीहरुले बताउँदै आएका थिए । तलब ८ घण्टाको मात्र थियो । १२ घण्टा नै काम गरेपछि पछि उनीहरु कामबिहिन हुन पुगेका थिए । 

तामाङका अनुसार अक्टोबर अन्त्यतिर उनीहरुलाई कम्पनीले काममा नआउन भन्यो । ग्रुप बामा कम्पनीले अर्को कम्पनीसँग  कन्ट्र्याक गरेको र  उक्त दुई कम्पनी बीचको कन्ट्र्याक सकिएपछि उनीहरु अलपत्र परेका थिए । 

 त्यो समयमा उनीहरुले नेपाल फर्किन खोज्दा पनि त्यहाँको कम्पनीले पासपोर्ट खोसेर राखेको थियो । त्यसकारण उनीहरुले नेपाल फर्किनका लागि काटेको टिकट समेत रद्द भएको थियो । त्यसबेला खाना खान पनि अरुसँग पैसा माग्नुपर्ने स्थितिमा पुगेको उनीहरु बताउँँछन् ।

यस अघि : दीपज्योतिबाट कुवेत गएका ७ नेपाली अलपत्र, नेपाल फर्कन खोज्दा पाएनन् पासपोर्ट

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved