रिडी हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७४/७५ सम्मको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले ५.२६ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा लाभांश वितरण हुने छ । कम्पनीले पुस ४ गते साधारणसभा डाकेको छ ।