हाइड्रो कम्पनीको गाडी अपहरण, घटना छानविन गर्न इपानको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2021 | 05:41:39 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इपान) ले न्यासिस खोला जलविद्युत आयोजनाका कर्मचारी बोकेको गाडी अपहरण भएको घटनाप्रति ध्यानाकर्षण जनाएको छ । 

इपानले यस घटनाको निष्पक्ष छानविन गरि दोषी उपर कडा कारवाहीको माग गरेको छ ।  यस्ता जलविद्युत क्षेत्रमा यस्ता कार्य निरुत्साहित गर्ने गरि सुरक्षाको प्रत्याभूतिको माग समेत इपानले गरेको छ । 

इपानका अनुसार बैशाख ८ गते सिन्धुपाल्चोक  जिल्लाको जुगल गाउँपालिकामा सीता हाईड्रो पावर कम्पनी प्रा.लि.ले निर्माण गर्न लागेको न्यासिस खोला जलविद्युत आयोजनाको निमार्णका लागि ५ कर्मचारी सहित आयोजना स्थल तर्फ गईरहेको गाडी मोटर साइकलमा आएका अज्ञात समूहले अपहरण गरी तीन किलोमिटर पर लगि छोडिदिएका हुन् ।  अपहरणकारीहरु गाडि लिएर फरार भएको इपानले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved