माथिल्लो तामाकोशीको सुरुङमा पानी खसालियो, केही दिनमै प्रधानमन्त्रीले उद्घाटन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2021 | 03:23:00 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरुङमा पानी खसाल्न सुरु गरिएको छ । संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले स्वीच थिचेर सुरुङमा पानी हाल्ने कामको उद्घाटन गरेका हुन् ।

४५६ मेघावाट क्षमताको यो आयोजनाको सुरुङ भरिन ७ देखि १० दिन लाग्ने छ । सुरुङ भरिएपछि वैशाखभित्रै एक युनिटबाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ । एक युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन हुनेछ ।

केही दिन भित्रै प्रधानमन्त्री केपी शर्मा ओलीले सो आयोजनाबाट उत्पादन हुने विद्युतको औपचारिक रुपमा उद्घाटन गर्ने मन्त्री गुरुङले जानकारी दिएका छन् । 

पहिलो युनिटबाट बिजुली निकालेको १५–२० दिनमै अर्को युनिटबाट बिजुली उत्पादन सुरू हुने आयोजनाले जनाएको छ । अगामी तीन महिनाभित्र आयोजनालाई पूर्ण क्षमता चलाउने लक्ष्य छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved