विद्युत खपत बढाउँन खाना पकाउने ग्यास सिलिण्डरको अनुदान हटाउनु पर्छ : ज्ञानेन्द्रलाल प्रधान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2021 | 01:23:41 PM मा प्रकाशित

laxmi  sunrise bank

उर्जा उद्यमीहरुले देश भित्र विद्युत खपत बढाउँन खाना पकाउने ग्यास सिलिण्डरमा दिईदै आएको अनुदान हटाउन माग गरेका छन् । बुधबार आयोजित ‘स्वदेशी खपतसँग विद्युत व्यापार र आगामी बजेट’ विषयक अन्तरक्रियामा उर्जा उद्यमीहरुले पहिलो प्राथमिकता देश भित्र नै विद्युत खपत बढाउने हुनु पर्ने भएकोले सिलिण्डरमा दिईदै आएको अनुदान हटाउन माग गरेका हुन् ।

अन्तरक्रियामा उर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानले हाल नेपाल सरकारले ग्यास सिलिण्डरमाप्रति सिलिण्ड ३१८ रुपैयाँ अनुदान दिईरहेकोले त्यसलाई हटाउनु पर्ने बताएका हुन्। उक्त अनुदान इन्डकसन चुलोमा दिन सकिने उनको भनाई थियो । इन्डकसन चुलोमा अनुदान नदिएपछि सिलिण्डर ग्यासको अनुदान हटाएमा विद्युत खपत बढ्ने उनको भनाई थियो । अनुदान हटाउँदा सिलिण्डर महंगो हुने र बिजुलीबाट खाना पकाउन सस्तो पर्ने भएकोले विद्युत खपत बढाउन यो आवश्यक रहेको उनको भनाई थियो ।

नेपालले २ लाख गिगावाट आवर बिजुली खपत गर्न सक्ने भएकोले खपत बढाउनु पर्ने प्रधानले बताए । पोखराका हरेक घरधुरीलाई इनडकसन् चुलो वितरण गरेमा त्यसबाट नै २०० मेगावाट बिजुली खपत बढ्ने प्रधान बताउछन् । त्यस्तै अहिले पनि विभिन्न उद्योगहरुले ३०० मेगावाट बिजुली माग गरेको तर पाउँन नसकेकोले उनीहरुलाई पनि बिजुली उपलब्ध गराएर खपत बढाउन सकिने उनको भनाई छ ।

हाल प्रस्ताव गरिएको विद्युतीय बिरगंज-काठमाडौँ रेल मार्ग बनेमा नेपालबाट भारत जान १ सय अर्ब रुपैयाँ जोगिने र २० अर्ब बराबरको बिजुली खपत बढ्ने प्रधान बताउछन् । त्यस्तै स्टिल उद्योगलाई सस्तो दरमा बिजुली दिएमा १२ अर्ब बराबरको खपत बढ्ने उनको भनाई छ ।

नेपालमा उत्पदित बिजुलीलाई एपल भित्र नै खपत गर्नु पर्ने र त्यसको लागि घरायसी प्रयोजन, उद्योग र यातायात क्षेत्रको खपत बढाउनु पर्ने उनको सुझाव छ । २ वर्ष भित्र १ हजार देखि १५ सय मेगावाट बिजुली खपत बढाउन सकिने उनको बुझाई छ ।

विद्युत उत्पादनले देशको जीडीपीलाई नै प्रत्यक्ष प्रभाव पार्ने भएकोले विजुली उत्पादन र खपत बढाउन पहल गर्नु पर्ने उनको भनाई छ । अपर तामाकोशीको बिजुलीले मात्र देशको जीडीपी ०.६ प्रतिशतले बढ्ने उनी बताउछन् । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved