विद्युतीय उपकरणः महशुल घट्यो, अन्तःशुल्क खारेज भयो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2021 | 10:01:57 AM मा प्रकाशित

laxmi  sunrise bank

घरायसी विद्युतीय उपकरणहरु अब सस्तो मूल्यमा पाईने भएको छ । विद्युतीय उपकरणको भन्सार महशुल घटाउँदै अर्थमन्त्री विष्णु पौडेलले यस्ता बस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरेपछि यस्ता उपकरणहरु सस्तोमा पाईने भएको हो । 

इन्डक्सन चुल्होमा लाग्दै आएको भन्सार महशुल दर १ प्रतिशतमा झरेको छ । रेफ्रिजेरेटर, ग्राइन्डर, राइस कुकर, पंखालगायत विद्युतीय उपकरणान लनग्दै आएको अन्तःशुल्क खारेज भएको छ । यी उपकरणको भन्सार महशुल पनि घटेको छ ।

वातावरणमैत्री उपकरणको प्रयोग बढाउन र विद्युतको आन्तरिक खपत बढाउन घरायसी विद्युतीय उपकरण सस्तामा उपलब्ध गराउने रणनीति अनुसार भन्सार महशुल घटाउने र अन्तःशुल्क खारेज गर्ने निर्णय भएको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved