खिम्ती ढल्केवर प्रसारण लाइनमा २ लाख भोल्टको विद्युत पठाइदै, ५ जिल्लामा सावधानी अपनाउन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2021 | 09:57:25 AM मा प्रकाशित

laxmi  sunrise bank

आज असार १४ गते सोमबारदेखि खिम्ती ढल्केवर २२० केभी प्रसारण लाइनमा विद्युत प्रवाह गरि परिक्षण गरिने भएको छ । विद्युत प्रवाह गरिने भएकोले खिम्ती ढल्केवर २२० केभी प्रसारण लाइन आयोजनाले प्रसारणलाइनका तार नछुन, कुनै पनि वस्तुले समेत तारमा नछुन, खतराको संकेत राखिएको ठाउँमा नजान र त्यहाँ रहेका कुनै पनि चिज नछुन आग्रह गरेको छ । 

आयोजनाले परिक्षणको समयमा कुनै पनि समस्या देखिए वा कहिँ कतै बिजुलीको स्पार्क (झिल्का) देखिएमा आयोजनालाई वा नेपाल विद्युत प्राधिकरणलाई वा प्रहरीलाई खबर गरिदिन आग्रह गरेको छ । 

आयोजनाले दोलखा जिल्लाको किर्नेदेखि धनुषा जिल्लाको ढल्केवरमा रहेको सबस्टेसनसम्म दोस्रो सर्किट प्रसारण लाइनबाट आज असार १४ गतेदेखि २२०००० भोल्ट (२२० के.भी.) क्षमताको विद्युत प्रवाह गरि परिक्षण गर्ने जनाएको हो । सोहि कारण प्रसारण लाइनको रुट पर्ने क्षेत्रमा सावधानी अपनाउन आयोजनाले आग्रह गरेको छ

आयोजनाले प्रसारण लाइनको रुट पर्ने निम्न स्थानमा सावधानी अपनाउन आग्रह गरेको हो 

धनुषाको मिथिला नगरपालिका (ढल्केवर, जमुनेबास, लालगढ, तुल्सी, बाहुनमारा लगायतका क्षेत्र)

महोत्तरिको गौरिबास नगरपालिका, कालापानी क्षेत्र 

सिन्धुलीको कमलामाई नगरपालिका (भिमान, पाण्डेसी, बागमारा, सिस्नेरि, कर्करे, माईस्थान, बेल्टारी, बेलगाछी, फाल्चुली, फिटिङ बुका, ठुलीटार, माझिटार, बर्देउटार, अँध्येरि, च्याङ्कोट, चियाबारि, मुढेखर्क, ढुङग्रेभञ्जयाङ, गढी लगायतका क्षेत्र) र गोलन्जोर  गाउँपालिका  (बाटो  निगाले,  विजयछाप,  माथिल्लो  बेसी,  खुर्कोट,  मुलपानी लगायतका क्षेत्र) 

रामेछापको मन्थली नगरपालिका (बेतिनी, कुभिण्डे, भलुवाजोर, मच्छेडाँडी, मन्थली, टेकनपुर,  कठजोर, अम्बासेफाँट, गेलु लगायतका क्षेत्र र लिखु तामाकोसी गाउँपालिका (खिम्तीबेसी, ढ्याङग्रे, हलदे, तिल्पुङ) 

दोलखाको किर्नेटार क्षेत्र  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved