बुटवल पावर कम्पनीद्वारा विभिन्न जिल्लामा ५० लाख सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2021 | 09:36:57 PM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल पावर कम्पनी (बिपिसी) ले विभिन्न जिल्लाहरुलाई  कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारको लागि रु. ५० लाख बराबरको मेडिकल उपकरणहरु तथा आर्थिक सहयोग उपलब्ध गराएको छ । कम्पनीले आफुले सञ्चालन गरेका तथा निर्माणधीन चरणमा रहेका जलविद्युत आयोजनाहरु अवस्थित जिल्लाहरु प्यूठान, स्याङ्जा, लमजुङ्ग र मनाङ तथा काभ्रेको धुलिखेल अस्पताललाइ मेडिकल उपकरणहरु तथा आर्थिक सहयोग उपलब्ध गराएको  हो।  

कम्पनीले झिमरुक जलविद्युत केन्द्र, प्यूठान जिल्लाको स्थानियवासिन्दाहरुलाई आइसोलेसन सञ्चालनको लागि रु. १,००,००० आर्थिक सहयोग रकमका साथै रु. ६,००,००० बराबरको मेडिकल उपकरणहरु हस्तान्तरण गरेको छ । त्यस्तै आँधिखोला जलविद्युत केन्द्र, स्याङ्जा जिल्लाको गल्याङ्ग नगर अस्पताललाई रु. ७,००,००० बराबरको मेडिकल उपकरणहरु, न्यादी जलबिद्युत अयोजना रहेको लमजुङ्ग जिल्लाका स्थानिय बासिन्दाहरुलाई सहयोग स्वरुप रु ७,००,००० बराबरको मेडिकल उपकरणहरु लमजुङ्ग जिल्ला अस्पताल बेसिशहरलाई र रु. २,००,००० बराबरको मेडिकल उपकरणहरु मस्र्याङदी गाउँपालिकालाई समेत उपलब्ध गराएको छ।

 बुटवल पावर र चिनियाँ लगानीकर्ताहरुको संयुक्त लगानीमा मस्र्याङदी नदिमा निर्माण हुने जलविद्युत आयोजना क्षेत्रका स्थानीय बासिन्दाहरुलाई लक्षित गरि मनाङ जिल्ला अस्पतालको लागि ७ लाख बराबरको अस्सिजन सिलिण्डर खरिद गरि मनाङ जिल्ला अस्पताल पठाउने क्रममा अत्यधिक वर्षाको कारणले बाटो अबरुद्द हुँदा लमजुङ्ग जिल्लाको बेशीसहरमा राखिएको कम्पनीले जनाएको छ । बाटो खुलेपछि उक्त सामग्री मनाङ जिल्ला अस्पतालमा पठाउने व्यवस्था मिलाइएको कम्पनीले जानकारी गराएको छ । कम्पनी आबद्ध संस्था इप्पान मार्फत ५,११,१११ रुपैंया समेत कोभिड—१९ रोकथामतथा नियन्त्रण कार्यका लागि सहयोग गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका संञ्चालक ओम प्रकाश श्रेष्ठले धुलिखेल अस्पतालका प्रशासकिय निर्देशक डा. रमेश मकाजुलाई असार ३० गते रु. १५,००,००० को चेक हस्तान्तरण गरेका हुन् । धुलिखेल अस्पताललाई कोभिड—१९ रोकथाम, नियन्त्रण तथाउपचारको लागि आवश्यक पर्ने उपकरणहरु खरिद हुने कम्पनीले जनाएको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved