कुलमानलाई विद्युत प्राधिकरणमा ल्याउन प्रधानमन्त्रीको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2021 | 05:19:01 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान ल्याउने ब्यबस्था गर्न निर्देशन दिएका छन् । देउवाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाललाई यस्तो निर्देशन दिएका हुन् । 

ऊर्जामन्त्री प्राधिकरणको संचालक समितिको अध्यक्ष रहने प्रावधान छ। सोहि अनुसार देउवाले भुसाललाई हाल कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई हटाएर उनको ठाउँमा कुलमानलाई ल्याउन निर्देशन दिएको स्रोतले जनाएको छ 

देउवाको निर्देशन संगै मन्त्री भुसालले शाक्यलाई बोलाएर उनको कार्य सम्पादन सन्तोषजनक नभएको भन्दै राजिनामा दिन आग्रह गरिसकेको स्रोतले जनाएको छ । तर शाक्यले भने आफु ४ वर्षको लागि नियुक्त भएकोले राजिनामा दिन अस्विकार गरेको बताईएको छ । 

केपी ओली प्रधानमन्त्री हुँदा शाक्य प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए । त्यस अघि कुलमान घिसिङ कार्यकारी निर्देशक थिए । त्यस समय नेकपाको सरकार रहेको तर प्रचण्डले कुलमानलाई नै दोहोर्याउन चाहे पनि ओलीले मानेका थिएनन् । 

कुलमानको पालामा नेपालमा लोडसेडिङ अन्त्य भएको थियो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved