तामाकोशीबाट हुने आम्दानीबारे कुलमानले पेश गरे गडबड हिसाब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2021 | 11:21:40 AM मा प्रकाशित

laxmi  sunrise bank

दोस्रो कार्यकालको लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमान घिसिङले कार्यभार सम्हाले लगत्तै अपर तामाकोशीबाट प्राप्त हुने आम्दानीबारे गडबड हिसाब प्रस्तुत गरेका छन् । बुधबार कार्यभार सम्हालेपछि उनको स्वागतमा औपचारिक कार्यक्रम राखेको थियो । 

त्यस कार्यक्रममा उनले आफ्ना प्राथमिकता प्रस्तुत गर्दै दीर्घकालको लागि तामाकोशी जस्ता ठूला आयोजना आवश्यक रहेको बताए । उनले तामाकोशीबाट वार्षिक २० अर्बको आम्दानी हुने र त्यसबाट हजारौ मेगावाटको आयोजना निर्माण गर्न सकिने अवस्थामा पुगेको बताए । 

उनले प्रस्तुत गडबडी हिसाब यहि हो । उनले तामाकोशीबाट २० अर्ब आम्दानी हुने बताएका छन् । कतिपयले यो अपर तामाकोशीको आम्दानी हो कि भन्ने बुझाई राखेका छन् । तर यो तामाकोशीलाई हुने आम्दानी नभई तामाकोशीले आफुले उत्पादन गरेको बिजुली प्राधिकरणलाई बेचेपछि र सो बिजुली प्राधिकरणले ग्राहकलाई बेचेपछि प्राधिकरणलाई हुने आम्दानी हो । अर्थात तामाकोशीबाट नेपाल विद्युत प्राधिकरणलाई वार्षिक २० अर्ब आम्दानी हुने हो । त्यो पनि तामाकोशीले भने अनुसार कै विद्युत उत्पादन गरि प्राधिकरणलाई बेच्न सकेको अवस्थामा हो । यो प्राधिकरणको आम्दानी मात्र हो, नाफा होइन । 

प्राधिकरणले तामाकोशीबाट औसतमा  ४ रुपैयाँ ६ पैसामा विजुली खरिद गर्छ । सो बिजुली प्राधिकरणले महँगो मूल्यमा ग्राहकलाई बेच्छ । त्यहि कारण तामाकोशीलाई हुने आम्दानी भन्दा प्राधिकरणलाई दोब्बर आम्दानी हुनेछ ।

तामाकोशीको वार्षिक आम्दानी भनेको ९ देखि १० अर्ब हो । यो पनि तामाकोशीले भने अनुसार कै विद्युत उत्पादन गरि प्राधिकरणलाई बेच्न सकेको अवस्थामा हो । यो पनि नाफा नभई आम्दानी मात्र हो । 

कुलमानले भनेको अर्को विषय हो 'तामाकोशीबाट हुने आम्दानीबाट हजारौ मेगावाटको आयोजना निर्माण गर्न सकिने अवस्थामा पुगिएको छ'। जलविद्युत आयोजनाको प्रति मेगावाट लागत आयोजना अनुसार फरक फरक हुन जान्छ । औसतमा प्रति मेगावाट लागत २० करोड मान्ने हो भने २० अर्बबाट १०० मेगावाटको मात्र विद्युत उत्पादन हुन सक्छ । अर्थात् उनले भने जस्तो हजारौ मेगावाट उत्पादन सम्भव देखिदैन । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved