कार्यभार सम्हालेको २ दिन मै कुलमान गरे उच्च तहका कर्मचारीको सरुवा, को कहाँ पुगे ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2021 | 12:29:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणका कार्यकरी निर्देशक कुलमान घिसिङले आफुले कार्यभार सम्हालेको २ दिन मै उच्च कर्मचारीको सरुवा गरेका छन् । उनले १२ औ तहका उपकार्यकारी निर्देशक देखि तह ९ का उपनिर्देशकहरु गरेर कुल १० कर्मचारीको सरुवा गरेका छन् ।

साउन २७ गते कार्यभार सम्हालेका उनले साउन २९ र साउन ३१ गते यी सरुवा गरेका हुन्  । 

जस अनुसार १२ औ तह अन्तर्गत  उपकार्यकारी निर्देशक मनोज सिलवाललाई इन्जिनियरिङ सेवा निर्देशनालयबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयमा, उपकार्यकारी निर्देशक रामजी भण्डारीलाई आयोजना ब्यबस्थापन निर्देशनालयबाट  इन्जिनियरिङ सेवा निर्देशनालयमा, उपकार्यकारी निर्देशक हरराज न्यौपानेलाई बितरण तथा ग्राहक सेवा निर्देशनालयबाट उत्पादन निर्देशनालयमा सरुवा गरिएको छ। 

त्यस्तै ११ औ तह अन्तर्गत निर्देशक तारा प्रसाद प्रधानलाई आयोजना ब्यबस्थापन निर्देशनालयबाट योजना ब्यबस्थापन निर्देशनालयमा निमित्त प्रमुखमा , निर्देशक मदन तिम्सिनालाई उत्पादन निर्देशनालयबाट प्राधिकरणको सहायक कम्पनी अनुगमन निर्देशनालयमा निमित्त प्रमुखमा, र निर्देशक वेल प्रसाद शर्मालाई सामान्य सेवा विभागबाट जनसाधन विभागमा सरुवा गरिएको छ।

तह १० अन्तर्गत सह निर्देशक विश्वनाथ शर्मालाई जनसाधन विभागबाट सामान्य सेवा विभागको प्रमुख जिम्मेवारी तोकिएको छ । त्यस्तै तह ९ अन्तर्गत उप निर्देशक रोशनलाल सुनारलाई कर्मचारी प्रशासन महाशाखाबाट उत्पादन निर्देशनालयमा प्रशासन महाशाखा प्रमुखमा, उप निर्देशक इन्दिरा देवी दाहाललाई उत्पादन निर्देशनालयबाट ब्यबस्थापन लेखापरिक्षण महाशाखाको प्रमुखमा र उपनिर्देशक जिपानन्द श्रेष्ठलाई आन्तरिक लेखा परिक्षण विभागको ब्यबस्थापन लेखापरिक्षण महाशाखाबाट कर्मचारी प्रशासन महाशाखाको प्रमुखको जिम्मेवारीमा सरुवा भएका छन् । 

कुलमानले ठूलो अपेक्षा र चुनौती रहेकोले नतिजा देखिनेगरि काम गर्नको लागि कर्मचारीको जिम्मेवारी हेरफेर गरेको जनाएका छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved