विद्युत प्राधिकरणले बिलमै रोयल्टी काट्ने, हाइड्रो कम्पनीलाई के पर्छ प्रभाव ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2021 | 11:59:36 AM मा प्रकाशित

laxmi  sunrise bank

हाइड्रोपावर कम्पनीले पाउने आम्दानीबाट नै सरकारले रोयल्टी वापतको रकम कट्टा गर्ने भएको  । नेपाल विद्युत प्राधिकरणले कम्पनीहरुलाई बिद्युत विक्रीको रकम भुक्तानी दिंदा नै रोयल्टी वापतको रकम काटेर मात्र भुक्तानी दिने भएको हो 

विद्युत ऐन २०४९ को दफा ११ को उपदफा मा वियुत आयोजनाहरुले आफ्नो जडित क्षमता उर्जा बिक्रि वापत नेपाल सरकारलाई रोयल्टी तिर्नु पर्ने ब्यबस्था   उक्त रोयल्टी हाईड्रोपावर कम्पनीहरुले चौमासिक रुपमा विद्युत विकास बिभागमा बुझाउनु पर्ने हुन्छ। तर केहि कम्पनी बाहेक धेरै कम्पनीले रोयल्टी वर्षको अन्त्यमा एकमुष्ट रुपमा रोयल्टी तिर्ने गरेका थिए  अब भने प्राधिकरणले विद्युत बिक्रि वापतको रकम कम्पनीलाई दिंदा नै रोयल्टी वापतको रकम कट्टा गरेर बाँकि रकम मात्र कम्पनीलाई दिने भएको हो 

कम्पनीहरुले बुझाउने पर्ने रोयल्टी बराबरको रकम करोडौ रुपैयाँसम्म हुन्छ  वर्षको अन्त्यमा रोयल्टी बुझाउँदा उनीहरुले वर्षभर रोयल्टी तिर्नु पर्ने रकम चलाउन सक्ने थिए । जसका कारण हाईड्रोपावरहरुले ब्याज रोयल्टीमा खर्च हुने रकमको ब्याज बचाउदै आएका थिए । अब भने रोयल्टीको रकम कट्टा गरेर आउने भएपछि उनीहरुले सो रकम वर्षभर उपयोग गर्न पाउने छैनन्  यसबाट नेपाल सरकारलाई भने समयमा नै राजश्व प्राप्त हुने  

रोयल्टीको रकम काटेर मात्र भुक्तानी गर्ने निर्णय भने २०७७ असार मै भएको थियो  तर त्यसको प्रभाव कारी कार्यन्वयन हुन सकेको थिएन  उर्जा मन्त्रालयले अन्तर्गत निकायको सिनियर म्यानेजमेन्ट टिम (एसएमटि) ले २०७८ जेठ २८ गते पुन: यो निर्णय गरेको हो  सोहि अनुसार विद्युत विकास विभागले गत साउन २२ गते सबै जलविद्युत कम्पनीहरुलाई पत्रचार गर्दै भुक्तानीबाट नै रोयल्टी काटिएर बाँकी रकम मात्र आउने ब्यबस्था गरिएको जानकारी गराएको   साथै विभागले रोयल्टी वापतको रकम कट्टामा कुनै पनि बाधा अड्चन नगरी सहयोग गरिदिन सबै कम्पनीलाई आग्रह गरेको  

विद्युत विकास विभागले आर्थिक वर्ष ७७/७८ मा २ अर्ब ६६ करोड रोयल्टी संकलन गरेको छ भने आर्थिक वर्ष ६६/६७ देखि हालसम्म २० अर्ब ६१ करोड रोयल्टी संकलन गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved