‘टुकि’को भरमा कुलमानको गृह जिल्ला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2021 | 06:02:12 PM मा प्रकाशित

laxmi  sunrise bank

रामेछाप कुलमान घिसिङको गृह जिल्ला । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा एक कार्यकाल सकेर पुनः अर्को कार्यकालका लागि केही दिन अघि मात्रै जिम्मेवारी पाएका कुलमानलाई उज्यालो नेपालका नायकका रुपमा लिइन्छ । तर, उनकै गृह जिल्ला रामेछाप भने अझै पनि टुकी बत्ती र मट्टितेलको भरमा छ ।

व्यवसायीदेखि विद्यार्थीसम्म मर्कामा

रामेछापमा निरन्तर विद्युत सेवा अवरुद्द हुँदै आएको छ । उपभोक्ताले बारम्बार प्राधिकरणको रामेछाप वितरण केन्द्रमा गएर ध्यानाकर्षण गराउँदा पनि सुधार भएको छैन ।

दिनमा पटक पटक विद्युत सेवा अवरुद्द हुँदा विद्युतीय उपकरणहरुमा समस्या आउँदा व्यवसायी तथा ग्राहकहरु मर्कामा परेका छन् । उपभोक्ताले एसी, फ्रिज, कम्प्युटर, प्रिन्टर लगायतका विद्युतीय उपकरणहरुमा क्षति ब्यहोर्नु परिरहेको छ ।

अहिले विद्यालयहरु बन्द अवस्थामा रहँदा वैकल्पिक माध्यमका रुपमा अनलाइनबाट अध्ययन भईरहेको छ । दिनमा सयौँ पटक विद्युत सेवा आउने जाने हुँदा विद्यार्थीहरुले समेत सहज रुपमा पढ्न पाएका छैनन् । 

सरकारी तथा सार्वजनिक कार्यालय, बैंक तथा वित्तीय संस्थाको सेवा प्रभावित हुनुका साथै उद्योग र कारखानाको काम पनि अस्तव्यस्त बनेको छ ।

के भन्छ प्राधिकरण ?

निरन्तरको वर्षातले ढल्केबहरबाट सिन्धुली हुँदै मन्थली सवस्टेशनसम्म आउने ३३ के.भी. प्रशारण लाइन र लामोसाँघुदेखि चरिकोट हुँदै मन्थली आउने ३३ के.भी. प्रशारण लाइनलाई असर गर्दा नियमित विद्युत आपूर्ति हुन नसकेको विद्युत् प्रधिकरण वितरण केन्द्र रामेछापको जवाफ छ । 

वर्षाले अवरुद्ध बनाएको प्रशारण लाइन सुचारू गराउन प्राविधिक टोली खटिइरहेको र प्राविधिक समस्या हल भएपछि लाइन सुचारू प्राधिकरणले सूचना नै निकालेर जानकारी गराएको छ ।  

ढल्केबर ट्रान्समिशनमा समस्या आएकोले तत्कालको माग आपूर्ति गर्न दोलखाबाट आउने लाइन जोडिएकोमा त्यसमा पनि समस्या आउँदा समस्या भएको प्राधिकरणले स्वीकार गरेको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved