विद्युत नियमन आयोगले सच्यायो निर्देशिकाको त्रुटी, हट्यो विवादित ब्यबस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2021 | 06:53:42 PM मा प्रकाशित

laxmi  sunrise bank

विद्युत नियमन आयोगले  'विद्युतसम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८' मा देखिएका त्रुटीहरु सच्चाएको छ । आयोगले सामान्य त्रुटीहरु सच्याइएको भन्दै नयाँ निर्देशिका सार्वजनिक गरेको छ 

 त्रुटीहरु सच्याइएको निर्देशिकामा संगठित संस्थाले आफुसंग भएको शेयर बिक्री गर्नु परे १५ दिन अगावै सार्वजनिक सूचना जारी गर्नु पर्ने ब्यबस्था हटाईएको छ । आयोग प्रवक्ता डा. राम प्रसाद धितालले भाव फरक पर्न गएको भन्दै यसलाई संशोधन गरिने बताएका थिए। सोहि अनुसार यस ब्यबस्थालाई आयोगले सच्याएको हो  

यस अघिको निर्देशिकामा सूचीकृत कम्पनीको शेयरधनी मध्ये कुनै शेयरधनी संगठित संस्था भएमा त्यस्तो संगठित संस्थाले आफुसंग रहेको शेयर खरिदबिक्री गर्नु पर्दा पन्ध्र दिन अगावै सोको विवरण सर्वसाधारणको जानकारीको लागि सार्वजनिक गरी आयोगमा जानकारी समेत दिनु पर्ने ब्यबस्था थियो  ।

अब भने सूचीकृत कम्पनीको संस्थापक शेयरधनी मध्ये कुनै शेयरधनी संगठित संस्था भएमा त्यस्तो संगठित संस्थाले आफुसंग रहेको शेयर खरिदबिक्री गर्नु पर्दा पन्ध्र दिन अगावै सोको विवरण सर्वसाधारणको जानकारीको लागि सार्वजनिक गरी आयोगमा जानकारी समेत दिनु पर्ने ब्यबस्था राखिएको छ । संस्थापक शब्द राखेर आयोगले त्रुटी सच्याएको हो  । संगठित संस्था भन्नाले प्रचलित कानुन बमोजिम स्थापना वा दर्ता भएको कम्पनी वा संस्थान वा निगम जस्ता कानुनी व्यक्ति सम्झनु पर्ने उल्लेख छ।

यस संगै अब संस्थापक शेयरधनी मध्येका कुनै शेयरधनी संगठित संस्था भएमा त्यस्तो संगठित संस्थाले आफुसंग रहेको शेयर खरिदबिक्री गर्नु पर्दा पन्ध्र दिन अगावै सोको विवरण सर्वसाधारणको जानकारीको लागि सार्वजनिक गरी आयोगमा जानकारी समेत दिनु पर्ने । साधारणशेयर धारण गर्ने संगठित संस्थालाई भने यो लागु हुने छैन ।

यस अघिको निर्देशिकामा साधारण शेयर धारण गर्ने संगठित संस्थालाई भने यो नियम लागु हुने ब्यबस्था थियो। संस्थागत लगानीकर्ताहरुले यसको विरोध गरेका थिए । उक्त ब्यबस्था विवादित भएको थियो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved