कुलमानले भने, ‘तिहारमा बिजुली अभाव हुँदैन, विद्युतीय उपकरण नै प्रयोग गरौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2021 | 03:11:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा बिजुलीको कुनैपनि अभाव नहुने बताएका छन् । आज पत्रकार सम्मेलनको आयोजना गर्दै घिसिङले मागभन्दा बढी बिजुली उत्पादन भईरहेकाले तिहारमा अभाव नहुने बताएका हुन् । 

हाल दिउँसोको समयमा २ सय मेगावाट र रातीको समयमा ५ सय मेगावट विद्युत खपत भईरहेको र तिहारमा १५ सय मेगावाटभन्दा माथि खपत नहुने कुलमानको दाबी छ । उनले माग अनुसार बिजुली उपलब्ध गराउन प्राधिकरण तयार रहेको भन्दै सबै खालका विद्युतीय उपकरण प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेका छन् । 

‘मागभन्दा उत्पादन धेरै छ, लोडसेडिङ गने अवस्था आउँदैन’ उनले भने, ‘निर्धक्क भएर तिहारमा सबै खालका विद्युतीय उपकरण प्रयोग गर्न म आग्रह गर्दछु ।’

उनले खाना पकाउँदा ग्याँसको सट्टा बिजुली प्रयोग गर्न आग्रह गर्दै ग्याँसको सट्टा बिजुली प्रयोग गर्दा उपभोक्तालाई ४० प्रतिशत सस्तो पर्ने पनि दाबी गरेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved