सबै क्षेत्रमा जलविद्युतको ऊर्जा पुर्याईन्छ : मन्त्री भुसाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2021 | 06:21:34 PM मा प्रकाशित

laxmi  sunrise bank

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशमा खपत हुने ऊर्जामा विद्युतीय ऊर्जाको हिस्सा बढाउँदै  लैजाने बताएकी छिन् । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको छैटौं राष्ट्रिय महाधिवेशनमा आज उनले आम जनतामा विद्युतको पहुँच बढाउँदै सबै क्षेत्रमा विद्युतीय ऊर्जा पु¥याउने अभियानमा सहयोग गर्न आग्रह गरेकी हुन् ।

मन्त्री भुसालले भनिन् , “उद्योग, कृषि, सिँचाइ, घरायसी प्रयोजनलगात सबै क्षेत्रमा विद्युत खपत गर्ने अभियानमा छौँ, त्यसका लागि सबै क्षेत्रले सहयोग गर्नुपर्छ, सरकार, मन्त्रालय र नेपाल विद्युत प्राधिकरण सहजीकरणका लागि तयार छ ।” उनले विभिन्न उपभोक्ता समिति गठन गरेर जनतामा विद्युत सेवा उपलब्ध गराउन सुरु गरेको अभियानले हाल देशभरका ५५ जिल्लाका करिब ५ लाख ५० हजारभन्दा घरधुरीमा विद्युत उपलब्ध गराएकोप्रति महासङ्घलाई धन्यवाद व्यक्त गरिन् ।  

सरकारको ८० प्रतिशत र समुदायको २० प्रतिशत सहभागिता हुनेगरी विद्युतीकरण तथा प्रणाली सुधारका कार्यहरू हुने गरेकामा हाल सरकारले आफ्नो सहयोग बढाएर  ९० प्रतिशत पु¥र्याएको उल्लेख गर्दै मन्त्री भुसालले आगामी दुई वर्षभित्र देशका सबै जनतामा राष्ट्रिय प्रशारणको विद्युत पु¥याउने लक्ष्य लिइएको बताईन् । सामुदायिक संस्थाको लागि भनेर सरकारले आम उपभोक्तालाई दिईरहेकोभन्दा विद्युत महशुलमा केही सहुलियत समेत दिएको स्मरण गराउँदै उहाँले गुणस्तरीय सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिईन्।

मन्त्री भुसालले भनिन् , “ग्रामीण विद्युतीकरण, रोजगारिको सृजना, महिला सशक्तिकरण, विद्युतीय चुल्होको प्रवद्र्धन, जनताको पहुँचमा विद्युत सेवालगायत राम्रो कार्यहरू भइरहे पनि विभिन्न सामुदायिक संस्थाहरूमाथि सेवा प्रवाहमा गुणस्तरीयता नभएको, उपभोक्ताले पाउनुपर्ने सेवामा ढिलासुस्ती हुने गरेको, ग्रामीण भूभागमा गुणस्तरीय सेवा दिन नसेको, विद्युतीय सुरक्षामा पर्याप्त ध्यान दिन नसकेको, कतिपय सामुदायिक संस्थाहरूले समयमा विद्युत महशुल भुक्तानी नगर्ने, विनियमावलीले तोकेभन्दा बढी क्षमताको लोड स्वीकृति गर्ने गरेको, समयमै ग्राहकका समस्या समाधान नगरिदिनेजस्ता जनगुनासा आउने गरेका छन्, त्यस्ता समस्या समाधान गर्नुहोला ।”

आफूले जिम्मेवारी सम्हालेपछि गरेको २० युनिटसम्म खपत गर्ने ग्राहकहरुको विद्युत महशुल छुट गर्ने निर्णयमा सामुदायिक संस्थाअन्तर्गतका ग्राहकहरूले समेत छुट पाउनेगरी  व्यवस्था मिलाएको बताउँदै उनले सबै उपभोक्ताले गुणस्तरीय विद्युत सुविधा पाउने व्यव्स्था मिलाउन, विद्युतीय सुरक्षामा विशेष ध्यान पु¥र्याउनुपर्नेमा जोड दिईन्।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved