कुलमानले भने 'सबैको पिपिए गर्न सकिदैन, तामाकोशीको जस्तै पिकिङ आयोजना चाहिन्छ' (भिडियो)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2022 | 02:15:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबै जलविद्युत आयोजनाको विद्युत खरीद सम्झौता गर्न नसकिने बताएका छन्। रोकिएका जलविद्युत आयोजनाको पिपिए सुरु गर्न माग गर्दै गएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था ईप्पानको प्रतिनिधि मण्डलसँग उनले सबै आयोजनको पिपिएको ग्यारेन्टी गर्न नसकिने बताएका हुन् ।

उनले रन अफ रिभर आयोजनाको पीपीएको कोटा सकिएकोले अब यस्ता आयोजनाको पिपिए कसरी गर्ने भन्नेबारे निजि क्षेत्रको समेत सुझाव माग गरेका छन् । उनले अब रन अफ रिभर नभई पिकिङ र रिजर्भोईर आयोजनामा जानु पर्ने बताएका छन् ।

अपर तामोकोशी उदाहरण दिदै उनले अहिले पिकिंङमा जानुको विकल्प नभएको बताएका छन्। उनले भने 'हामीले अहिले तामाकोशीको बिजुली पिकिङ गरिरहेका छौ, पिकिङ समयमा भारतलाई त्यो बिजुली २० रुपैयाँ आईसीमा बिक्रि हुन्छ, त्यो भने ३२ रुपैयाँ नेपाली हो, हामीले बिहानको २ घण्टा र बेलुकाको २ घण्टाको पिकिङको समयमा तामाकोशीको बिजुली प्रति युनिट ३२ रुपैयाँमा बिक्रि गरेका छौ' । रातको समयमा भने उक्त दर २ रुपैयाँ मात्र हुने उनको भनाई छ । पिकिङ आयोजनाको नै फाइदा नै आफुलाई आवश्यक परेको बेलामा आयोजना चलाएर बिजुली उत्पादन गर्न सकिने उनको भनाई थियो ।

उनले सोलार आयोजनाको पिपिए प्रतिस्पर्धाबाट गर्ने निर्णय भईसकेको भन्दै अब हाइड्रोको पनि प्रतिस्पर्धामा गर्ने कि भन्नेबारे छलफल भईरहेको बताएका छन् ।

हेर्नुस भिडियो : 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved