अपर तामाकोशीले बनाउने रोल्वालिङ जलविद्युत आयोजनाको प्रभावितले थप शेयर नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2022 | 09:38:28 AM मा प्रकाशित

laxmi  sunrise bank

माथिल्लो तामाकोसीले निर्माण गर्न लागेको रोल्वालिङ जलविद्युत आयोजनाको आयोजना प्रभावितले थप शेयर नपाउने भएका छन् । कम्पनीले यस अघि नै माथिल्लो तामाकोशी आयोजनाको आयोजना प्रभावित अर्थात् दोलखा जिल्लाभरीका स्थानीयलाई शेयर निष्काशन गरिसकेकोले थप शेयर निष्काशन नगर्ने भएको हो

रोल्वालिङ जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन तयार पार्ने क्रममा भएको सार्वजनिक सुनुवाई तथा छलफलमा रोल्वालिङ जलविद्युत आयोजनाबाट प्रभावित हुने स्थानीय तह र स्थानीयले शेयर पाउनु पर्ने माग गरेका थिए । तर रोल्वालिङ जलविद्युत आयोजना निर्माणको लागि छुट्टै कम्पनी गठन नभई  माथिल्लो तामाकोसीले नै यो आयोजना बनाउन लागेको हो  माथिल्लो तामाकोसीले यस अघि नै आयोजना प्रभावितलाई शेयर जारी गरिसकेको र एउटै कम्पनीले २ पटक आयोजना प्रभावितलाई शेयर जारी गर्ने ब्यबस्था नभएकोले रोल्वालिङ जलविद्युत आयोजनाका आयोजना प्रभावितले थप शेयर नपाउने भएका हुन् । प्रस्तावित आयोजना निर्माणका लागि लाग्ने लागत मध्य ३० प्रतिसत अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको हुनेछ र बाँकि ७० प्रतिसत बैंक तथा वित्तिय संस्थावाट ऋण लगानी गरिनेछ ।

यद्यपि तामाकोशीको आयोजना प्रभावितलाई शेयर निष्काशन गर्दा पुरै दोलखा जिल्ला समावेश गरिएकोले  रोल्वालिङ जलविद्युत आयोजनाका आयोजना प्रभावित पनि त्यसमा सहभागी भएका थिए । यस आयोजनाबाट दोलखाको गौरिशंकर नगरपालिका वडा नम्बर ९ र बिगु गाउँपालिका वडा नम्बर १ प्रभावित हुने छ  । 

आयोजना परिचय :

प्रस्तावित रोल्वालिङ्गखोला जलविद्युत आयोजना नेपालको बागमती प्रदेशको दोलखा जिल्लामा अवस्थित छ । यस आयोजनाको बाँध स्थल (Dam site) तामाकोशी नदी र रोल्वालिङ्ग खोलाको संगमबाट करिव ३.७५ किलोमिटर माथि (Upstream) रोल्वालिङ्ग खोलामा अवस्थित छ। आयोजनाले बाँधस्थलमा करिब ४.० मिटर उचाइको डाइभर्सन वेयर (Diversion Weir) निर्माण गर्ने प्रस्ताव गरेको छ। यस आयोजनाको लागि इन्टेक देखि डिस्यानडर (Desander) सम्म १०४०.३६ मिटर र डिस्यानडर देखि तल ४३३३.८५ मिटर लम्बाईको मुख्य सुरुङ्ग निर्माण हुनेछ । यस आयोजनाले दुईवटा ११०.०० मिटर लम्बाईका भुमिगत डिस्यानडर निर्माण गर्ने प्रस्ताव गरिको छ। यस्तै, आयोजनाको विद्युतगृह (Powerhouse) लामाबगरमा निर्माणाधिन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध स्थलबाट करिब १ किलोमिटर पूर्व तामाकोशी नदीको देब्रे किनारमा अवस्थित छ।

यस आयोजनाको विद्युतगृह भुमिगत रहने छ । आयोजनाले ७४०.१५ मिटर लम्बाईको टेलरेस टनेल निर्माण गर्ने छ। विद्युत उत्पादन पछि निकास हुने पानी टेलरेस टनेल हुँदै माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको जलाशयको देब्रे पट्टि अवस्थित खोल्सिमा झर्न पुग्दछ। आयोजनाले लामाबगरमा अडिट-२ (Adit-2) मा जानको लागि २१८५.०० मिटर लम्बाईको र रिखुमा अडिट-१ (Adit-1) मा जानको लागि ५४०.०० मिटर लम्बाईको सडक पहुँच मार्गको रुपमा निर्माण गर्ने छ। निर्माणको चरणमा कामदारहरु हिड्नको लागि लामाबगरबाट रिखुसम्म हाल संचालनमा रहेको २७०० मिटर लम्बाईको पैदल मार्गलाई स्तरउन्नति गर्ने प्रस्ताव गरेको छ। यस्तै आयोजनाले रिखु देखि बाँधस्थल सम्म करिब २५०० मिटर लम्बाईको पैदल मार्गलाई बनाउने छ।

 रोल्वालिङ्ग खोला जलविद्युत आयोजना सुरुमा रोल्वालिङ्ग खोलाको पानीलाई सुरुङ्ग मार्फत अपर तामाकोशी जलविद्युत आयोजनाको बाधस्थल भन्दा माथि जलाशयमा मिसाउने परियोजनाको रुपमा विकसित गरिएको थियो। पछि अपर तामाकोशी जलविद्युत आयोजनाको प्रस्तावक अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले रोल्वालिङ्ग खोलाको पानीलाई मोडि खसाल्दा आउने हेडलाई मध्यनजर गरि २२.०० मेगावाट विद्युत उत्पादन गर्ने निर्णय गरेको हो।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved