कबुल रकम बुझाउन जगदुल्ला हाइड्रोको आग्रह, एचआईडिसीएल भागमा २३ करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2022 | 10:20:52 AM मा प्रकाशित

laxmi  sunrise bank

जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले संस्थापक सेयरधनीहरूलाई आफुले लिन कबुल गरेको जारी पूँजीमध्ये बाँडफाँट गरिएको सेयर बापतको शतप्रतिशत रकम माग गर्न आग्रह गरेको छ। कम्पनीले ३० दिन भित्र उक्त रकम जम्मा गर्न संस्थापक सेयरधनीहरूलाई आग्रह गरेको हो  ।

कम्पनीले  ६३ लाख ४९ हजार ३०० कित्ता सेयरको प्रति कित्ता रु.१००/- का दरले हुन आउने जम्मा  त्रिसट्ठी करोड उनान्पचास लाख तीस हजार रुपैयाँ जम्म गर्न आग्रह गरेको हो । कम्पनी ऐन, २०६३ को दफा ५३ को उपदफा (२) को प्रयोजनार्थ सबैमा जानकारीका लागि सूचना प्रकाशित गरिएको कम्पनीले जनाएको छ। 

जस अनुसार विद्युत उत्पादन कम्पनी लिमिटेडले ४ लाख ९१ हजार ८ सय कित्ताको लागि ४ करोड ९१ लाख ८० हजार रुपियाँ बुझाउनु पर्ने छ भने एचआईडिसीएलले २३ लाख ४३ हजार कित्ताको लागि २३ करोड ४३ लाख रकम बुझाउनु पर्ने छ ।

त्यस्तै नेपाल विद्युत प्राधिकरणले २१ लाख ८ हजार ७ सय कित्ताको लागि २१ करोड ८ लाख ७० हजार बुझाउनु पर्ने छ भने कर्णाली प्रदेश सरकारले ११ लाख ७१ हजार ५ सय कित्ताको लागि ११ करोड ७१ लाख ५० हजार रुपैयाँ बुझाउनु पर्ने छ । त्यस्तै स्थानीय तह तर्फ जगदुल्ला र मुड्केचुला गाउँपालिकाले २ लाख ३४ हजार ३ सय कित्ताको लागि २ करोड ३४ लाख ३० हजार रकम बुझाउनु पर्ने छ ।

 तल्लो डोल्पामा अवस्थित जगदुल्ला जलविद्युत् आयोजना १०६ मेगावाट क्षमताको आयोजना हो । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को कामसमेत सम्पन्न भईसकेको छ ।

आयोजना निर्माणका लागि रु २० अर्ब लाग्ने अनुमान गरिएको छ । आगामी आवदेखि निर्माण कार्य सुरु गर्ने आयोजनाको तयारी छ ।  कूल ३०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि अहिले भौगोलिक विकटताका कारण १०६ मेगावाट मात्र विद्युत् उत्पादन गर्न सकिने आयोजनाले जानकारी दिएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved