सगरमाथा र माईखोला हाइड्रोले आईपिओ अगाडी नै लाभांश दिने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2022 | 11:42:46 AM मा प्रकाशित

laxmi  sunrise bank

सगरमाथा जलविद्युत कम्पनी लिमिटेड र माई खोला हाइड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेका छन् । दुवै कम्पनीले साउन २५ गते अनामनगर स्थित आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेका हुन् 

दुवै कम्पनीको साधारणसभामा आईपिओ निष्काशन गर्ने विशेष प्रस्ताव पेश हुने छ । त्यस्तै दुवै कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् 

यस्ता छन् दुवै कम्पनीको सभामा पेश हुने प्रस्तावहरु

सगरमाथा जलविद्युतको साधारणसभामा पेश हुने प्रस्ताव: 

(क) सामान्य प्रस्तावहरु :

(१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने आ.व.२०७८/०७९ को वार्षिक प्रतिवेदन उपरछलफल गरि पारित गर्ने ।

(२) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने।

(३) आ.व.२०७९/०८० को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने।

(४) संचालक समिति सदस्यहरुको नियुक्ती अनुमोदन गर्ने । (५) संचालक समितिबाट भए गरेका निर्णयहरु अनुमोदन गर्ने ।

(ख) विशेष प्रस्तावहरु :

(१) कम्पनीले शेयरको प्रारम्भिक सार्वजनिक निश्काशन - (Initial Public Offering) गर्ने सम्बन्धमा।

(२) कम्पनीको प्रबन्धपत्र, नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संसोधन गर्ने सम्बन्धमा।

(३) प्रस्तावित संसोधन तथा धितोपत्र दर्ता तथा निशकासन सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेर बदल वा सुझाव वा निर्देशन प्राप्त भएमा सोलाई सम्बोधनका लागि आवश्यक संसोधन समायोजन गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने सम्बन्धमा ।

(४) कम्पनीको आ.व.२०७८/०७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई चुक्ता पुजीको १० प्रतिशत (कर बाहेक) नगद लाभांस वितरण गर्ने सम्बन्धमा ।

माईखोला हाइड्रोको साधारणसभामा पेश हुने प्रस्ताव: 

(क) सामान्य प्रस्तावहरु :

(१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने आ.व.२०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने ।

(२) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने।

(३) आ.व.२०७९/०८० को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने।

(४) संचालक समिति सदस्यहरुको नियुक्ती अनुमोदन गर्ने । (५) संचालक समितिबाट भए गरेका निर्णयहरु अनुमोदन गर्ने ।

(ख) विशेष प्रस्तावहरु :

(१) कम्पनीले शेयरको प्रारम्भिक सार्वजनिक निश्काशन - (Initial Public Offering) गर्ने सम्बन्धमा।

(२) कम्पनीको प्रबन्धपत्र, नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संसोधन गर्ने सम्बन्धमा ।

(३) प्रस्तावित संसोधन तथा धितोपत्र दर्ता तथा निशकासन सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेर बदल वा सुझाव वा निर्देशन प्राप्त भएमा सोलाई सम्बोधनका लागि आवश्यक संसोधन समायोजन गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने सम्बन्धमा ।

(४) कम्पनीको आ.व.२०७८/०७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई चुक्ता पुजीको १० प्रतिशत (कर बाहेक) नगद लाभांस वितरण गर्ने सम्बन्धमा ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved