विद्युत प्राधिकरणको एउटा निर्णयले निजी हाइड्रोलाई राहत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2022 | 12:27:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले कोरोना प्रभावित जलविद्युत आयोजनाहरुलाई राहत दिने भएको छ । प्राधिकरणले निजी क्षेत्रका निर्माणाधीन विद्युत आयोजनाहरूको निर्माण सम्पन्न भईसक्नु पर्ने म्याद अवधि थप गर्ने निर्णय गरेको ।

 विद्युत आयोजनाहरूमा कोभिड-१९ महामारीको कारण पर्न गएको प्रभावको सन्दर्भमा आयोजनाहरूको व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति (Required Commercial Operation Date, RCOD), वित्तीय व्यवस्थापन गर्नुपर्ने मिति (Financial Closure Date, FCD) र विद्युत उत्पादनको अनुमति पत्र बुझाउनुपर्ने मिति (Generation License Submission Date, GLSD) को म्याद बढीमा १ वर्ष पुनः थप गर्ने निर्णय भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको २०७९।२।२६ को निर्णय तथा प्राधिकरणको २०७९।३।२८ मा भएको निर्णय अनुसार प्राधिकरणले निजी क्षेत्रका निर्माणाधीन विद्युत आयोजनाहरूका प्रवर्द्धकहरूलाई म्याद थपको लागि निवेदन दिन सूचना समेत जारी गरिसकेको छ । प्राधिकरणले साउन ४ गते सुचना जारी गर्दै सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ दिनभित्र म्याद थपको लागि निवेदन आग्रह गरेको छ।

२०७७/१२।११ देखि २०७८।१२।१० भित्र महामारीको असर पर्ने विद्युत आयोजनाका प्रवर्द्धकहरूले म्याद थपको लागि निवेदन दिन सक्ने छन् ।  २०७६।१२।११ देखि २०७७/१२।१० भित्र महामारीको असर पर्ने विद्युत आयोजनाका प्रवर्द्धकहरूको हकमा समेत तोकिएको म्यादभित्र प्राप्त निवेदनको आधारमा म्याद थप गरिने प्राधिकरणले जनाएको छ।

सूचनाको म्याद गिज्रिए पश्चात् प्राप्त हुने निवेदन उपर कुनै कारबाही हुन नसक्ने प्राधिकरणले प्रष्ट पारेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved