दोर्दीखोलाले बनाउन लागेको सुपर इन्खु खोला आयोजनाको क्षमता बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2022 | 01:52:49 PM मा प्रकाशित

laxmi  sunrise bank

दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडले बनाउन लागेको सुपर इन्खु खोला जलविद्युत आयोजनाको क्षमता बढेको छ । आयोजनाको जडित क्षमता २२.१२ मेगावट बढेर २४.४१ मेगावाट पुगेको हो।

कम्पनीले सुपर इन्खु खोला जलविद्युत आयोजनाको विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्रको क्षमता संसोधनको लागि विद्युत विकास विभागमा अनुमति माग गरेको थियो । विभागको साउन १२ गतेको बैठकले कम्पनीले पेश गरेका विवरण, प्रतिवेदन तथा संचालक समितिको निर्णयहरूका आधारमा आयोजनाको विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र (वि.वि.वि.०७४/७५, वि.उ.स. ९४८) को जडित क्षमता २२.१२ मे.वा. बाट २४.४१ मे.वा. मा संसोधन गर्ने निर्णय गरेको हो ।



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved