भारतले नेपालबाट १० हजार मेगावाट विजुली किन्ने, तल्लो अरुण र फुकोट कर्णाली आयोजना भारतलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2023 | 01:30:53 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतले नेपालबाट १० हजार मेगावाट बिजुली आयात गर्ने भएको छ । भारतले १० वर्षको अवधिमा नेपालबाट १० हजार मेगावाट विजुली आयात गर्ने भएको हो 

आज नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा यसबारे सम्झौता भएको हो 

त्यस्तै आज ४८० मेगावाटको  फुकोट कर्णाली जलविद्युत् आयोजना निर्माणको पनि समझदारी भएको छ। यो आयोजना भारतको राष्ट्रिय जलविद्युत् कम्पनी (एनएचपिसी)ले निर्माण गर्ने सहमति भएको हो। 

आज नै ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना भारतको सरकारी कम्पनी सतलज जलविद्युत् निगमले निर्माण गर्ने सम्झौतामा पनि हस्ताक्षर भएको छ । यस आयोजनाबाट नेपालले निःशुल्क २१% विद्युत् पाउने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved