४४ अर्ब लागतमा २१६ मेगावाटको आयोजना बनाउँदै समृद्धि इनर्जी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2023 | 09:48:14 AM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि इनर्जी लिमिटेडले बनाउने २१६ मेगावाटको बझाङ माथिल्लो सेती ल्जल्विद्युत आयोजनाको विद्युत खरिद बिक्री दर (पिपिए) निर्धारण गर्न सार्वजनिक सुनुवाई हुने भएको छ । विद्युत नियमन आयोगले आगामी असार १९ गते सार्वजनिक सुनुवाई गर्न लागेको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा विद्युत नियमन आयोगका अध्यक्ष डिल्ली बहादुर सिंह , आयोगका सदस्यहरु भागीरथी ज्ञवाली, गौतम डंगोल, तथा सचिव गोकर्ण पन्थ सहभागी हुने छन्  । त्यस्तै  नेपाल विद्युत प्राधिकरणबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र  निर्देशक प्रबल अधिकारी उपस्थित हुने छन् । प्रबर्दक कम्पनी समृद्धि इनर्जीका तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाई, संचालक भोगेन्द्र गुरागाई, सीइओ यज्ञ प्रसाद सुवेदी लगायत उपस्थित हुने छन् ।  

 नियमन आयोगले २१६ मेगावाटको सो आयोजनाबाट उत्पादन हुने विद्युत खरिद बिक्री दर निर्धारण गर्ने सम्वन्धमा सरोकारवालाहरूबाट राय, सुझाव तथा प्रतिक्रिया लिन सार्वजनिक सुनुवाई गर्न लागेको हो ।  आयोगले सार्वजनिक सुनुवाई कार्यक्रममा उपभोक्ता, उद्योगी, व्यवसायी, स्थानीय बासिन्दा, प्रतिनिधिमूलक संस्थाहरू, सम्बन्धित स्थानीय तहका प्रतिनिधि, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालाहरूलाई सहभागी हुन आह्वान गरेको छ। सरोकारवालाहरूले लिखित रूपमा एवम् आयोगको इमेल ठेगाना ([email protected]) मार्फत समेत आफ्नो राय, सुझाव तथा प्रतिक्रिया पेश गर्न सक्ने जनाएको छ ।

कस्तो हो आयोजना ? 

 २१६ मेगावाटको यो आयोजना अर्ध जलाशययुक्त आयोजना हो । यो आयोजना बझाङ जिल्लाको काँडा गाउँपालिकामा अवस्थित रहको छ । आयोजनाको कुल लागत ४४ अर्ब ४४ करोड अनुमान गरिएको छ  । नेपाल विद्युत प्राधिकरणबाट प्रस्तावित आयोजनाबाट उत्पादन हुने विद्युत खरिद बिक्री दर वर्षायाममा प्रतियुनिट रु. ४.८० र सुख्खायाममा प्रतियुनिट रु.८.५० रुपैयाँदेखि १०.४० रुपैयाँसम्म प्रस्ताव गरिएको छ ।  प्रस्तावित आयोजनाबाट उत्पादन हुने विद्युत खरिद बिक्री दरको मूल्यवृद्धि  वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्यवृद्धि हुने उल्लेख छ। आयोजनाको  ६ घण्टासम्म पिकिङ क्ष्मता हुने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved