यस पटक १ हजार मेगावाटसम्म बिजुली निर्यात गर्छौ, उद्योगमा कटौती हुने होइन: कुलमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2023 | 02:20:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस पटक बर्षा सिजनमा दैनिक १ हजार मेगावाट विद्युत भारत निर्यात गरिने बताएका छन् । प्राधिकरणले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दैनिक ४०० देखि ५०० मेगावाटको विद्युत निर्यात सुरु गरिसकेको र नेपालमा माग बढी नहुने दिउँसो र रातको समयमा १ हजार मेगावाटसम्म निर्यात गरिने बताएका हुन् ।

यद्यपि उनले भारतलाई विद्युत निर्यात गर्दा नेपालमा विद्युत कटौती नहुने प्रष्ट पारे । उनले भने 'पहिला नेपाली जनताले नै विद्युत पाउने हो, उद्योगले पनि भने जस्ती नै विद्युत पाउछ,र बढी भएको बिजुली मात्र निर्यात हुन्छ, कही पनि कसैको लागि पनि विद्युत कटौती हुँदैन'।

उनले कहिले कहिँ प्रणालीमा  समस्या आउँदा बत्ति नहुने गरेकोले त्यसलाई बिजुली काटेको भनेर नबुझ्न उनले आग्रह गरे । प्रणाली समस्या आउँदा पावर प्लान्टहरु आफै बन्द हुने र त्यो बेलाको बिजुली कतै पनि नजाने उनले प्रष्ट पारे । प्रणालीमा विद्युत माग एक्कासी घट्दा वा एक्कासी बढ्दा प्रणालीमा समस्या आउने गरेको उनले बताए ।

उनले अहिले वर्षायाममा दैनिक २५ सय मेगावाट बिजुली उत्पादन हुने बताए । कुल क्षमता २७ सय मेगावाट रहेको भएपनि वर्षामा बाढीपहिरोको कारण २-३ सय मेगावाट विजुली बन्द हुने उनले उल्लेख गरे । नेपालमा खपत भएर बढी भएको बिजुली निर्यात नै गर्नु पर्ने उनले प्रष्ट पारे । उनले उद्योगहरुमा बिजुली कटौती भने नगरिएको र नगरिने पटक पटक दोहोर्याए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved