कैलाली-दार्चुला प्रसारण लाइनमा १ लाख ३२ हजार भोल्टको विद्युत प्रवाह हुँदै, नजिक नजान आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2023 | 08:54:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले चमेलिया-स्याउले-अत्तरिया १३२ के.भी दोस्रो सर्किट प्रसारण लाईन आयोजनाको अत्तरिया (कैलाली) देखि चमेलिया (बलाँच) दार्चुलासम्मको दोस्रो सर्किट प्रसारण लाईनमा विद्युत प्रवाह गर्ने भएको छ । प्राधिकरणले अत्तरिया - स्याउले तथा स्याउले बलाँच खण्डमा मिति २०८० / ०३ / १० आईतबारदेखि १,३२,००० भोल्ट क्षमताको विद्युत प्रवाह गरी सञ्चालनमा ल्याउन लागेको हो ।

उक्त प्रसारण लाइन र वरपरका क्षेत्रमा सावधानी अपनाईदिनु, टावर लगायत खतरा (Danger ) संकेत जनाइएका बस्तुहरु नजिक नजान / नछुन तथा आफ्ना बालबालिकाहरु लाई यस सम्बन्धमा सचेत गराउन साथै घरपालुवा पशुपंछीलाई समेत नजिक जान नदिन प्राधिकरणले आग्रह गरेको छ ।

प्राधिकरणका अनुसार चमेलियादेखि बलाँचसम्मको १३२ के.भी. प्रसारण लाईन २०७३ सालदेखि संचालनमा आएको र सोही प्रसारण लाईनको टावरमा दोस्रो सर्किट प्रसारण लाईन निर्माण कार्य नेपाल विद्युत प्राधिकरण अन्तर्गत चमेलिया - स्याउले - अत्तरिया १३२ के.भी दोस्रो सर्किट प्रसारण लाईन आयोजनाबाट सम्पन्न भएकोले उक्त दोस्रो सर्किट प्रसारण लाईन राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्नको लागि अत्तरिया - स्याउले तथा स्याउले बलाँच खण्डमा मिति २०८० / ०३ / १० आईतबारदेखि १,३२,००० भोल्ट क्षमताको विद्युत प्रवाह गरी सञ्चालनमा ल्याइन  लागेको हो।

प्रसारण लाईनको रुट पर्ने स्थानहरु:
१. कैलाली जिल्लाको गोदावरी नगरपालिका र चुरे गाउँपालिका का १३२ केभी प्रशारण लाईन मुनिका क्षेत्रहरु :
२.डोटी जिल्लाको जोरायल गाउँपालिका का १३२ के.भी. प्रशारण लाईन मुनिका क्षेत्रहरु :
३. डडेल्धुरा जिल्लाको आलिताल, गन्यापधुरा गाउँपालिका र अमरगढी नगरपालिका का १३२ के.भी. प्रशारण लाईन मुनिका क्षेत्रहरु :
४. बैतडी जिल्लाको सिगास, दोगडाकेदार, डिलाशैनी गाउँपालिका र पाटन नगरपालिका का १३२ के.भी. प्रशारण लाईन मुनिका क्षेत्रहरु :
५. दार्चुला जिल्लाको शैल्यसिखर नगरपालिका का १३२ के.भी. प्रशारण लाईन मुनिका क्षेत्रहरु :

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved