राधीको आयोजनाबाट विद्युत उत्पादन बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2023 | 10:22:26 AM मा प्रकाशित

laxmi  sunrise bank

राधी विद्युत कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित राधी साना जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको छ । राधी खोला लगायत अन्य साना खोलाहरुमा आएको बाढी र पहिरोको कारणले आयोजनामा क्षति पुगेकोले आयोजनाको विद्युत उत्पादन बन्द भएको कम्पनीलेजनाएको छ ।

कम्पनीका अनुसार ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजनाको हेडवर्क्स र हेडरेस पाएपमा क्षति पुगेको छ ।  साथै सोको निराकरणको लागी आवश्यक कार्य अगाडी बढाईसकेको र निकट भविष्यमा कार्य सम्पन्न भए पश्चात आयोजना पुनः संचालन हुने कम्पनीले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved