सोलार आयोजना बनाईरहेको झापा ईनर्जीले आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2023 | 04:35:59 PM मा प्रकाशित

laxmi  sunrise bank

झापा ईनर्जी लिमिटेडले सर्वसाधारणलाई आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपिओ निष्काशनको लागि सिभिल क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो ।

 सम्झौता पत्रमा झापा ईनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक सुवास भट्टराई तथा सिभिल क्यापिटल मार्केट लिमिटेडका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत शोभना घिमिरेले हस्ताक्षर गरेका छन्। 

कम्पनीले ६ लाख ६६ हजार ६ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले सर्वसाधारणका (स्थानीय, कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली सहित) लागि यो शेयर जारी गर्ने छ । 

कम्पनीले शिवसताक्षी–४ झापामा १० मेगावाटको ग्रिड जडान सौर्य ऊर्जा आयोजनाले निर्माण गरिरहेको छ। आयोजना बिकास गर्न २२ बिघा जग्गा खरिद गरेको  कम्पनीका वित्तीय परामर्शदाता कमल पनेरुले जानकारी दिए। आयोजनाको हालसम्म ८० प्रतिशत भौतिक कार्य प्रगति हासिल भएको छ र आयोजना आश्विन २०८० मा सुरु हुने अपेक्षा गरिएको छ ।

निर्माण अवधिको ब्याज सहित कुल परियोजना लागत ७९.९० करोड छ । आयोजना निर्माणका लागि माछापुच्छ्रे बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेड (साविक सिभिल बैंक लिमिटेड) को नेतृत्वमा रहेको कन्सोर्टियमले ५९ करोड ९० लाख रुपैंया लगानी गरेको छ । साथै कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग २५ वर्षके लागि प्रतियुनिट ७.३० रुपैँयामा विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ ।  ९६० मिटर ३३ केभीए प्रसारण लाईनबाट सञ्चालनमा रहेको प्राधिकरणको पाँचगाँची (बुलुचोक) सबस्टेसनबाट विद्युत निकालिनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved