मेलम्ची खानेपानी वितरणका लागि थप 'वितरण संजाल' हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2024 | 08:21:53 PM मा प्रकाशित

laxmi  sunrise bank

आयोजना कार्यान्वयन निर्देशनालयले सात महिनाको अवधिमा दोस्रो पटक थप १० वटा वितरण संजालको स्वामित्व हस्तान्तरण गरेको छ । निर्देशनालयले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विच्छ्याइएका खानेपानी वितरण संजालको अन्तिम परीक्षणलाई तीब्रता दिँदै विगत सात महिनाको अवधिमा दोस्रो पटक थप १० वटा वितरण संजालको स्वामित्व हस्तान्तरण गरेको जनाएको छ ।

मेलम्चीको पानी पुनः काठमाडौं उपत्यकामा आए लगत्तै नयाँ खानेपानी वितरण संजालको परीक्षणलाई तीब्रता दिएका कारण दोस्रो पटक थप क्षेत्रका वितरण संजालहरूको स्वामित्व हस्तान्तरण गर्न सफलता मिलेको निर्देशनालयको भनाई छ । निर्देशनालयका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानका १० वटा वितरण संजालको करिव २ अर्ब ७ करोड मूल्य बराबरका २७८ कि.मि. खानेपानी वितरण प्रणालीको स्वामित्व काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई आज हस्तान्तरण गरिएको छ ।

यसअघि, गत असारमा बोर्डलाई हस्तान्तरण गरिएका करिव रू. ४० करोड १४ लाख मूल्य बराबरका ७५ कि.मि. खानेपानी वितरण संजालबाट नियमित रूपमा मेलम्चीको पानी वितरण हुँदै आएको छ ।हालसम्म हस्तान्तरण गरिएका जम्मा १४ वटा वितरण संजालका कूल ३५० कि.मि. खानेपानी वितरण प्रणालीबाट जम्मा २३ हजार घरमा मिटर जडान भई मेलम्चीको पानी वितरण हुँदै आएको छ ।

काठमाडौं उपत्यकामा विच्छ्याइएका कूल १ हजार १० कि.मि. वितरण संजालमध्ये हस्तारण हुन बाँकी रहेको करिव ६६० कि.मि. वितरण संजालको अन्तिम परीक्षण गर्ने कार्य तदारूकताका साथ हुँदै आएको जनाइएको छ ।

ती वितरण संजालहरूको पनि क्रमिकरूपमा परीक्षण सम्पन्न गरी हस्तान्तरण गर्ने कार्य आगामी असारसम्म गर्ने गरी कार्ययोजनाका साथ कार्य भइरहेको आयोजना निर्देशक राजेन्द्र सापकोटाले जानकारी दिए ।

यसैगरी, आयोजनाबाट निर्माण सम्पन्न भई २०७९ साल माघमा बोर्डलाई स्वामित्व हस्तान्तरण गरिएका कूल रू. ९ अर्ब ६२ करोड मूल्य बराबरका थोक वितरण प्रणाली र पानी ट्याङ्कीहरू हाल संचालनमा रहेका छन् ।

आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटाले आयोजनाबाट स्वामित्व प्राप्त भएका १० वटा वितरण संजालको संचालन र व्यवस्थापनको जिम्मेवारी बोर्डले काठमाडौं उपत्यका खानेपानीलाई हस्तान्तरण गरेको जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved