आदीवासी जनजाती चलचित्र महासंघले‘नेपाल आदीवासी जनजाती चलचित्र महोत्सव २०७५’ सम्पन्न गरेको छ । असार १५,१६ र १७ गते सञ्चालन भएको उक्त महोत्सवमा जनजाति समुदायका आ–आफ्नै भाषामा निर्मित चलचित्र प्रदर्शन गरीएको थियो ।
महोत्सवमा तामाङ, नेवार, राई, गुरुङ, मगर, थारु लगाएत १० जानजातीको मातृभाषमा आधारीत चलचित्र प्रदर्शनमा राखिएको थियो ।
महोत्सवको समापनमा सुचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले विभिन्न समुदायका मातृभाषमा बनेका चलचित्रले देशको संस्कृति संरक्षणमा टेवा पुग्ने बताए । उनले भोलीका दिनमा पनि यस्ता कार्यक्रम गर्दै संसारमा नेपालीको फरक फरक संस्कृति र पहिचानको विषयमा जानकारी दिन आग्रह गरे ।
महोत्सवमा नेवा समुदायबाट प्रदर्शन गरीएको चलचित्रले उत्कृष्ट चलचित्रको उपाधि स्वरुप २५ हजार नगद पुरस्कार प्राप्त गरेका थिए । साथै अन्य सहभागी ९ वटा समुदायका चलचित्रले पनि ५–५ हजार पुरस्कार पाप्त गरेका थिए ।
जनजातीहरुको भाषा संरक्षणका साथै जनजाती चलचित्रकर्मीहरुविच सद्भाव कायम राख्न सहयोग गर्ने उदेश्यले महोत्सव आयोजना गरेको महासंघका अध्यक्ष अमृत बहादुर सुनुवारले जाकारी दिए ।