वित्तीय कारोवार गर्नेले हेर्नैपर्ने लघुचलचित्र 'काजीबाको रुपैयाँ' सार्वजनिक [भिडियोसहित]

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2022 | 12:19:56 PM मा प्रकाशित

laxmi  sunrise bank

निक्षेप तथा कर्जा सुरक्षण कोषले 'काजीबाको रुपैयाँ' नामक सन्देशमूलक लघुचलचित्र सार्वजनिक गरेको छ । बैंकिङ क्षेत्रले तरलता अभाव झेलिरहेको समयमा भिडियोले बैकिङ तथा वित्तीय संस्थामा ढुक्कसँग वचत गर्न सकिने र बैकिङ च्यानलबाट मात्र कारोवार गर्नुपर्ने सन्देश दिई अर्थपूर्ण जानकारी प्रवाह गरेको छ ।

कोषमै कार्यरत कर्मचारी अच्युत पन्तको परिकल्पना तथा लेखनमा आधारित यस लघुचलचित्रमा रामचन्द्र अधिकारी, लक्ष्मी गिरी, विनोद श्रेष्ठ, अजय रेग्मीलगायतको मुख्य अभिनय रहेको छ । भिडियोको निर्देशन कृष्ण लामिछानेले गरेका छन् ।

लघुचलचित्रलाई कोषको वार्षिक उत्सवको अवसरमा गभर्नर महाप्रसाद अधिकारीले रिलिज गरेका थिए । त्यसकाे केही समय पछि काेषले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो ।

नेपाली टेलिसिरियल मेरी बास्सैबाट काजी र कजिनीकै भुमिकामा चर्चित भएर मध्यम वर्गमा भिजेका कलाकारलाई भिडियोमा पनि उस्तै भुमिकामा उतारिएको छ ।

यस लघुचलचित्रले बढी व्याज दिने लोभमा समाजमा केही व्यक्तिहरू पैसा हत्याउन लागि पर्ने र पैसा लिई मिटरव्याज, क्रिप्टाेकरेन्सी, हुन्डी लगायतका गैरकानुनी कार्यमा लगानी गर्ने गरेकाबैंक तथा वित्तीय प्रणालीप्रतिकाे विश्वासमा आँच पुर्याउने कृयाकलापमा संलग्न हुने गरेका देखाइएकाे छ । यसले वित्तीय संकटको समयमा समाचारलाई तथ्य नवुझी सतही रूपमा मात्र लिदा हुने तनावपूर्ण जीवनलाई समेत उतार्ने प्रयास गरेको छ ।

अन्तमा निक्षेप सुरक्षणको जानकारी मार्फत वैंक तथा वित्तीय प्रणालीप्रति शंकारहित तवरले विश्वास गर्नुपर्ने सन्देश प्रवाह गरिएकाे छ । यसका साथै हुन्डी, क्रिप्टोकरेन्सी तथा मिटरव्याजको धन्दामा नलागी बैंक तथा वित्तीय प्रणालीबाट नै हरेक काराेबार गर्न सुझाइएकाे छ ।

 हाल निक्षेप सुरक्षण काेषले व्यक्तिकाे बैंक तथा वित्तीय संस्थामा रहेकाे पाँच लाख रूपैंयासम्मकाे निक्षेपकाे सुरक्षण प्रदान गर्दछ । अर्थात केही भवितव्य परी बैंक नै डुब्ने वा खारेजी हुने अवस्था आएता पनि रू पाच लाख सम्म काेषले व्यहाेर्छ । याे नियम नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरेका क, , ग र घ बर्गका बैंक तथा वित्तीय संस्थामा मात्र लागू हुन्छ, अन्य संस्थाकाे हकमा याे लागू हुदैन ।

 हेर्नुहोस् भिडियो - 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved