‘छक्का पञ्जा ४’ र ‘छड्के २’ भिडे, ‘बक्स अफिस’मा कसको पल्लाभारी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2023 | 05:14:37 PM मा प्रकाशित

laxmi  sunrise bank

यस वर्ष निर्माण भएका चलचित्रमध्ये बहुप्रतिक्षित मानिएका ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ आज एकैदिन रिलिज भए । रिलिजको पहिलो शुक्रबार भएकाले दुइ वटैको निर्माण पक्षले शत प्रतिशत अकुपेन्सीको आशा गरेका थिए ।

तर, आज पहिलो दिन निर्माण पक्षको आशा अनुसार दर्शकहरु दुवै चलचित्रमा झुम्मिएको देखिएन । यद्यपी, अनमोल केसी स्टारर छड्के २ मा भन्दा दीपक दीपाको छक्का पञ्जा ४ को अकुपेन्सी केही राम्रो छ ।

छड्केको वितरण अधिकार लिएका सुनिल मानन्धर आफैँले पहिलो दिनको व्यापार सन्तोषजनक नभएको स्वीकार गरेका छन् । शनिबारबाट अकुपेन्सी बढ्ने उनको अपेक्षा छ । 

मानन्धरले १ करोड ५० लाखमा छड्केको राइट्स किनेका हुन् । 

छक्का पञ्जा ४ को वितरण अधिकार किनेका मनोज राठीले भने आज शुक्रबारका बिहानी शोहरुमा ६५ प्रतिशत अकुपेन्सी पाएको र बेलुका बढ्ने बताएका छन् । उनले २ करोड ५० लाखमा छक्कापञ्जा ४ को राइट्स किनेका थिए । 

आजको दिनको ब्यापार हेर्दा छड्के २ को तुलनामा छक्कापञ्जा ४ ले बढी ब्यापार गर्ने देखिएको छ । शनिबार यो क्रम बढ्ने देखिन्छ । त्यस्तै, सोमबार होली र मंगलबार तराइमा होली भएकाले पनि छक्कापञ्जा ४ ले ब्यापार बढाउन सक्ने देखिएको छ ।

यद्यपी, अनमोल केसी स्टारर फिल्म भएकाले छड्के २ ले शनिबारबाट गति लिन सक्ने पनि देखिन्छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved