तिहारमा भाइमसला, यस्तो छ बजार मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 26, 2019 | 04:38:06 PM मा प्रकाशित

laxmi  sunrise bank

तिहार सुरु भएसँगै काठमाडौँको व्यापारिक थलो असनदेखि फुटपाथका पसलसम्म भाइ मसला किन्नेको भीड देखिन थालेको छ । ५०, १ सय र १५० सम्मका मसलाका प्याकेट नै पाइन्छ । पसलमा किलोको हिसाबले मसला विक्री हुन्छ । 

भाइमसलाको बजार भाउः

मसलाको प्रकार मूल्य (किलो ग्राममा) 

काजुः रु. १६००

आल्मण्डः (हाडेबदाम)ः रु. १३००

बदामः रु. १८०

पेस्ताः रु. १८००

ओखरको गुदीः रु. १६०० देखी रु. १८०० सम्म

नरिवलः रु. ५००

मिश्री (धागो भएको): रु. १६०

मिश्री (पान बुट्टे): रु. ३००

मिश्री (कटिङ): रु. १६०

अन्जिरः रु. २०००

दालचिनीः रु. ५५०

ल्वाङः रु. १४००

सुकमेलः रु. ६०००

सुपारीः रु. ७०००

पहेँलो छोकडाः रु. ३००

कालो छोकडाः रु. २५०

सामान्यतया यही मूल्यसूची कायम हुने भएपनि पसल रहेको स्थान र ढुवानीका आधारमा राजधानीभित्र पनि यो मूल्यसूचीमा केही तलमाथि पर्न सक्नेछ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved