आजदेखि दशैँ लक्षित सुपथ मूल्य पसल, कुन सामानमा कति छुट ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2021 | 08:28:54 AM मा प्रकाशित

laxmi  sunrise bank

चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालन हुँदैछन् । दशैं, तिहार र छठपर्व लक्षित सुपथ मूल्य पसल आजबाट सञ्चालन गर्न लागिएको हो । 

यस्ता पसलबाट उपभोक्ताले सहुलियत दरमा खाद्य सामाग्री पाउने छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार सबै किसिमका चामल, दाल, चिउरा र पिठोमा प्रतिकिलो ५ रुपैयाँ, भटमासको तेल प्रतिलिटर १० रुपैयाँ, तोरी र सनफ्लावर तेलको प्रतिलिटर ५ रुपैयाँ, कर्णालीको सिमी र फापरमा प्रतिकिलो १० रुपैयाँ र जिउँदो खसी तथा बोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने छ ।

यस्ता पसल काठमाडौंसहित ३९ जिल्लाका ४३ स्थानमा सञ्चालन हुने कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिएका छन् । उनका अनुसार काठमाडौं उपत्यका, पोखरा र सुर्खेतमा होम डेलिभरीको व्यवस्था पनि गरिएको छ । 

खसी बोकाको बिक्री भने घटस्थापनाको भोलिपल्टबाट मात्रै सुरु गरिनेछ । दाङ र मकवानपुरबाट ३ हजार वटा खसी बोका खरिद गरेर काठमाडौँ ल्याइने छ । 

सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुने छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved