आजदेखि न्युरोड गेटभित्र गाडी लान नपाईने, खुलामञ्चमा पार्किङको ब्यबस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2022 | 08:25:39 AM मा प्रकाशित

laxmi  sunrise bank

आज असोज ८ गतेबाट काठमाडौँको न्युरोड गेटभित्र गाडी लान नपाईने भएको छ । न्युरोड क्षेत्रमा हुने सवारी चापलाई मध्यनजर गरि न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पुर्ण यात्रुवाहक, मालवाहक तथा निजि चारपाङ्ग्रे सवारी साधनहरुलाई न्युरोड गेटभित्र लान नपाईने ब्यबस्था महानगरीय ट्राफिक प्रहरी परिसरले गरेको हो ।

परिसरका अनुसार आज असोज ८ गतेदेखि फुलपाती सम्म सवारी चाप सामान्य नहुन्जेल सम्म गाडीहरु न्युरोड गेट भित्र लैजान पाइने छैन । गाडी लिएर आउनेहरुलाई ट्राफिक आईसलेण्ड राखिएको स्थानबाट डाईभर्शन गरि खुलामञ्चमा पार्किङ गर्ने व्यबस्था मिलाईएको परिसरले जनाएको छ ।

सो समयसम्म धैर्यधारण गरि ट्राफिक व्यवस्थापनमा सहयोग गरीदिन परिसरले सबैमा आग्रह गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved