'किताब किरो'को सिफारिस: यी हुन् दशैँमा पढ्नै पर्ने १५ किताब

सीता बुढाथोकी

सीता बुढाथोकी

Oct 20, 2023 | 11:55:41 AM मा प्रकाशित

laxmi  sunrise bank

केही मानिसहरु दशैको विदालाई किताब पढ्ने समयको रुपमा उपयोग गर्छन् । त्यस्ता मानिसहरुले लक्षितहरुलाई सामाखुसीमा अवस्थित “किताब किरो”ले दशैँमा पढ्नको लागि १५ वटा किताब सिफारिस गरेको छ । 

बुक स्टोर किताब किरोले दशैँ लक्षित १५ वटा किताबहरु सिफारिस गरेको हो । त्यसमध्ये मदन पुरस्कार प्राप्त किताब पनि रहेको किताब किरोका सञ्चालक तारानिधि रेग्मी बताउछन् । 

धेरैलाई कुन किताब पढ्ने होला भन्ने अन्योल हुन्छ । त्यसको समाधानको लागि उनी आफै किताब सिफारिस गर्छन । टिकटक मार्फत उनी किताबको नाम, लेखक, मूल्य, लगायतका जानकारी दिन्छन् । उनको टिकटक ;किताब किरो' मा करिब ५० हजार फलोअर्स छन् । “दशैँको लागि पढ्ने किताबहरु भनेर मैले टिकटक भिडियो नै बनाएको छु त्यहा गएर हेर्न सक्नु हुनेछ,” उनी भन्छन्, “ यी सबैको माग उत्तिकै छ” । 

उनले विभिन्न शिर्षकमा किताबको सूची तयार पारेका छन् ।  गरि खान सिकाउने १५ किताब, सिनेमाभन्दा रमाइला २० नेपाली किताब, पढ्दा भावुक बनाउने १० किताब, सधै पढ्न बानी पार्ने २० किताब, लगायतका उनका सिफारिसहरु पपुलर छन् ।

किताब किरोले काठमाडौँ भित्र १ हजार सम्मको, काठमाडौँ बाहिर १५ सय सम्मको माग आयो भने मात्र होम डेलिभरी गर्ने गरेको छ । र विदेश चाँहि वजन हेरेर डेलिभरी गर्ने गरेको रेग्मी बताउछन्। 

दशैँको लागि उनले सिफारिस गरेका कितावहरु निम्न अनुसार छन् 

मनु ः यस किताबले यसपालीको पद्म श्री पुरस्कार जितेको छ । यसको मूल्य रु. ५ सय ९९ रहेको छ ।

शुन्यको मूल्यः उत्तम शान्ति पुरस्कार जितेको छ । यसको मूल्य ५ सय ५५ रुपैयाँ रहेका छ । 

ऐँठनः यसले यसपालीको मदन पुरस्कार जितेको छ । यसको पनि मूल्य रु ५ सय ५५ रहेको छ । 

चपाइएको  अनुुहारः ४९५, चित्रलेखाको चौरासीः रु ८७५, राइपाली भन्ज्याङः रु ५००, अन्तरः रु ५५५, साला पहाडमें क्या हैः रु ४००, उसले दिएको उमेरः ५६०, कोमाः रु ५५५, ट्रान्जिटः रु ५५५, विवाह अघि विवाह पछिः रु ५८०, जीवन्तत सम्बन्धः रु ६०० , विकल्पः रु ७००, र पानीफोटोः रु १४०० रहेका छन् । 

यी सबै किताबहरु चाहिएमा ९८५११७७४४१ मा कल गर्न सकिने उनको भनाई छ ।

उनले किताब किरोको स्थापना २०६९ सालमा गरेका हुन । त्यस अघि उनी शिक्षक मासिक पत्रिकामा काम गर्थे ।  शिक्षक मासिकमा हुँदा खेरि साँथिहरुले पढेका किताबको बारेमा सुन्दा आफुलाई पनि पढ्न मन लागेको उनी बताउछन । “आफुसँग काम गर्ने सहकर्मी साथिहरुले आफुले पढेको किताबको बारेमा सुनाउने गर्थे । त्यो सुन्दा कस्तो चाँहि हुँदो रहेछ किताब पढ्दा भनेर सुरु गरे,” उनले भने, “त्यो भन्दा अगाडी विद्यालय भन्दा बाहिरका किताब पढेको थिईन । मैले पढेको पहिलो किताब सेतो धर्ति हो । त्यो पुस्तकले मेरो मन तान्यो र धेरै पुस्तकहरु पढे । पढ्दा पढ्दा पसल खोल्न मन लाग्यो । ” 

 उनको पुस्तक क्षेत्रमा कामगर्ने  धेरै मानिसहरु सँग चिनजान पनि भएकोले खासै गारो भएन । 

टिकटकबाट सिफारिस गरेर किताबहरु बेच्ने भएकाले पाठकको कमी नभएको उनी बताउछन् । व्यापारीहरुले किताब बिक्रि गर्नु भन्दा अगाडी अफुले पनि ज्ञान लिन जरुरी भएको उनको भनाई छ।  उनी किताबहरु पढेर सिफारिस गर्ने गर्छन्। “पढेको किताबलाई सिफारिस गरेर बेच्न सजिलो हुन्छ । तर, सबै किताब पढ्न सम्भव नै हुँदैन,” उनी भन्छन्, “जुन किताबमा नजर गयो त्यो किताब चाँहि  पढ्छु । त्यहि भएर पाठकको कमि छैन । म खुसी छु । अरु व्यापारीहरुले किताब नपढी बिक्रि गर्ने भएकाले उनीहरु निरास छन् ।”

उनको टिकटक भिडियो हेरेर पनि ग्राहकहरु किताब किन्न आउने गर्दछन् । विद्यालय र कलेज बाहेकका कुनै पनि किताब नपढेका ग्राहकहरु पनि उनको स्टोरमा आउने गरेको रेग्मीले बताए । “मेरो स्टोरमा विद्यालयका किताब बाहेक अरु किताब नपढेका मानिसहरु ९० प्रतिशत आउने गरेका छन् । उनिहरुले जिन्दगीमा कहिले विद्यालयका किताब भन्दा अरु किताब पढेकै छैनन् । त्यस्तो ग्राहकहरुचाँहि मेरो स्टोरमा धेरै आउनु हुन्छ, ” उनले भने, “एकचोटी मेरो स्टोरबाट किताब लगेपछि अर्को पटक पनि मेरोमा नै आउने गरेका छन् । किनकी मैले उहाँहरुको ईच्छा हेरेर उहाँहरुलाई किताब छानेर दिन्छु ।”

बजारमा पाठकको रुचि अनुसार किताब छानेर दिने मानिसहरु हुँदै नभएको उनले बताए । किताबको पेशामा टिकी रहने हो भने उसले पढ्न जरुरी भएको पनि उनले बताए । 

उनका अनुशार धेरै मानिसहरुको पढ्ने बानि हराई सकेको छ । मानिसहरु फेसबुक, टीकटक, ईन्स्टाग्राम जस्ता सोसल मिडिया हेर्ने बानि भएर किताब पढ्नै छोडेको उनी बताउछन् । 

पढ्ने संस्कृतिको विकास गर्नको लागि पहिला विद्यालय तयार हुन जरुरी भएको उनको भनाई छ। “सरकारले पनि पुस्तकालयको लागि भनेर धेरै लगानी गरिरहेको छ । लगभग धेरै सामुदायीक विद्यालयमा पुस्तकालय बनि सकेका छन् । त्यो पुस्तकालयको लागि गएको बजेटले राम्रा राम्रा पुस्तकहरु हाल्दिनु पर्छ,” उनी भन्छन्, “शिक्षकहरुले विद्यालयमा पठनपाठन हुने पुस्तक मात्र हैन त्यो भन्दा बाहिरको संसार पनि छ भन्न बुझिदिनु पर्छ । विद्यालयको पुस्तक भनेको सिमा भित्र हुन्छ ।  त्यसमा १०० वाट मात्र वत्ति हुन्छ । विद्यार्थी भनेको आकासमा उड्न चाहान्छन् । उनिहरुलाई १००० वाटको सुर्य चाहिएको छ । जुन कुरा कोर्षका पाठ भन्दा बाहिर छ । यो कुरा चाडो भन्दा चाडो शिक्षक, अभिभावकहरुले बुझिदिएभने पढ्ने बानिको विकास हुन्छ ।”

किताब किरोले नेपाल लगायत अन्य २८ ओटा देशमा कारोबार गर्ने गरेका छ । हुलाकले काम गर्ने ठाउँ, कुरीयरले काम गर्ने सबै ठाउँमा यसले कारोबार गरिरहेको उनले बताए । किताब किरोले हाल टिकटकबाट धेरै काम गरिरहेको छ । टिकटकमा पनि यसको नाम किताब किरोनै रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved