यस वर्षको दशैं टीकाको साइत मंगलबार ११:०२ बजे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2023 | 11:50:54 PM मा प्रकाशित

laxmi  sunrise bank

यस वर्ष विजयादशमी (दशैंको टीका) को साइत कार्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा उत्तम रहेको छ ।बिहान १० बजेर ३७ बजे देवी विसर्जन गरी ११ः२ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। 

पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले उल्लेख गरेको छ । विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिले जनाएको छ ।

२०८० सालको बडादशैसँग सम्बन्धित साइतहरू

१) वि.सं. २०८० साल असोज २८ गते आइतवार नवरात्रारम्भ, घटस्थापना बिहान ११।२९ बजे (यो दिन चित्रा नक्षत्र र वैधृति योग समेत परेकोले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिन्छ )

२) वि.सं. २०८० साल असोज २९ गते सोमवार- झण्डा फेर्ने, बिहान १०।१९ बजे (पश्चिम मोहडा)

३) वि.सं. २०८० साल कार्तिक २ गते विहीवार - श्री पचलीभैरव यात्रा ।

४) वि.सं. २०८० साल कार्तिक ४ गते शनिवार- फूलपाती, श्री तुलजाभवानी यात्रा, बिहान ८।२४ बजे

५) वि.सं. २०८० साल कार्तिक ५ गते आइतवार - महाष्टमी, कालरात्रि

६) वि.सं. २०८० साल कार्तिक ६ गते सोमवार- महानवमी स्थिरासन, बिहान ९।३५ बजे

७) वि.सं. २०८० साल कार्तिक ७ गते मङ्गलवार- विजया दशमी, देवी विसर्जन, बिहान १०।३७ बजे टीका बिहान ११।२ बजे (पश्चिम मोहडा)

श्री तुलजाभवानी यात्रा, बिहान ९।२ बजे स्थिरासन बिहान १०।३ बजे, खड्गयात्रा ।

८) वि.सं. २०८० साल कार्तिक १० गते शुक्रवार - अखिलबलिपूर्ति ।

९) वि.सं. २०८० साल कार्तिक ११ गते, शनिवार- कोजाग्रतव्रत ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved