नेपाल प्रहरीले आज निःशुल्क बस सञ्चालन गर्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2023 | 08:12:24 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीले आज मंगलबार विजया दशमी अर्थात् टीकाका दिन काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । प्रहरीले दसैँको टीका ग्रहण गर्न आवातजावत गर्ने सर्बसाधारणको सहजताका लागि उपत्यकाका दुई वटा मार्गमा निःशुल्क बस सेवा संचालन गर्न लागेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतका अनुसार बिहान ८.३० बजेदेखि बेलुकी ४ बजेसम्म एउटा बस नक्सालदेखि टिचिङ चक्रपथ हुँदै जावलाखेल र लगनखेल भएर फेरी नक्साल आउने छ । अर्को बस नक्साल हुँदै एअरपोर्ट, भक्तपुर, सल्लाघारी, सुर्यबिनायक हुँदै पुनः नक्साल आउने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved