२ पटक मूल्य घटाउँदा पनि बिक्री भएनन् दशैँको लागि ल्याईएका ३१० वटा खसीबोका र च्याङ्ग्रा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2023 | 09:12:49 AM मा प्रकाशित

laxmi  sunrise bank

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँका लागि ल्याएको खसीबोका तथा च्याङ्ग्राहरु अझै सबै विक्री भइसकेको छैन । खाद्यले दशैँका लागि ल्याएको २२ सय एक वटा खसीबोका तथा च्याङ्ग्रा मध्ये हालसम्म ३१० वटा विक्री भएको छैन । 

खाद्यले दुई पटक मूल्य घटाएर बेच्दा पनि ३१० वटा बिक्री नभएको हो । अओज ३० गतेदेखि खसीबोका तथा च्याङ्ग्रा विक्री सुरु गरेको खाद्यले पहिलो पटक कार्तिक ३ गते मूल्य घटाएको थियो । असोज ३० गते जिउँदो खसिबोकाको प्रतिकेजीका ६८० रुपैयाँ तथा च्याङ्ग्राको एक हजार २६० रुपैयाँ मूल्य तोकेको थियो । जसमा १०।१० रुपैयाँ प्रतिकेजीका दरले छुट दिएको थियो । 

दशैँ लागिसक्दा पनि केही खसीबोका तथा च्याङ्ग्रा बिक्री हुन बाँकी भएपछि कार्तिक ३ गते फेरि खाद्यले खसीबोका प्रतिकेजी २० र च्याङ्ग्रा प्रतिकेजी २५ रुपैयाँका दरले मूल्य घटायो । घटेको मूल्य पछि खसीबोकाको मूल्य ६६० र च्याङ्ग्राको मूल्य १२ सय ३५ कायम रह्यो । जसमा १० रुपैयाँ प्रतिकेजी छुट यथावत छ । 

यो मूल्यमा बिक्री गर्दा पनि केही खसीबोका तथा च्याङ्गा विक्री हुन सकेनन् । दशैँ सकिएपछि पनि खसीबोका र च्याङ्ग्राहरु  बाँकी रहेपछि कार्तिक १० गतेबाट फेरी ह्वात्तै मूल्य घट्यो । १० गतेदेखि खसिबोकाको प्रतिकेजी ६ सय र च्याङ्ग्राको मूल्य ११ सय ६० रुपैयाँमा झारेर खाद्यले बाँकी रहेकालाई बेच्ने कोशिस गर्यो। यति गर्दा पनि कार्तिक १२ गतेसम्म ३५ वटा खसीबोका र २७५ वटा च्याङ्ग्रा भने विक्री भएनन् । 

यसरी पटक पटक मूल्य घटाउँदा र छुट दिँदा पनि विक्री नभएका उक्त खसीबोका तथा च्याङ्गालाई कसरी व्यवस्थापन गर्ने भन्नेमा खाद्यले निर्णय गर्न सकेको  छैन् । उक्त चौपायलाई के गर्ने भन्नेबारेमा छलफल भइरेको खाद्यकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदिले बताईन् । उनका अनुसार अबको केही दिन भित्र नै के कसरी व्यवस्थापन गर्ने भन्नेबारे निर्णय हुन्छ । 

त्यसोत खाद्यले गत वर्षको भन्दा यस वर्ष धेरै खसीबोका तथा च्याङ्ग्राहरु बेचेको छ । गत वर्ष १६ सय १५ वटा बेचेको थियो । यस वर्ष १८ सय १९ वटा बिक्री गरी सकेको छ । 

यस वर्ष खाद्ययले हेटौडा, तुलसीपुर र घादिङ लगायत स्थानबाट १६ सय ५९ वटा खसीबोका काठमाडौं ल्याएको थियो । त्यसैगरी रसुवाबाट ५४२ वटा च्याङ्ग्रा ल्याएको सूचना अधिकारी शर्मिलाले जानकारी दिइन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved