जावलाखेल र भृकुटीमण्डपमा आजबाट फूल मेला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2023 | 11:26:21 AM मा प्रकाशित

laxmi  sunrise bank

फ्लोरिकल्चर एशोसिएसन अफ नेपाल (फ्यान) र नर्सरी व्यवसायी संघ (नान) नेपालले आज आर्तिक १४ गतेदेखि फूलको प्रदर्शनी अर्थात् फ्लोरा एक्स्पोको आयोजना गरेका छन् । फ्लोरिकल्चर एशोसिएसन अफ नेपाल (फ्यान) को प्रर्दशनी जावलाखेलको खेल मैदानमा सुरु भएको छ भने नर्सरी व्यवसायी संघ (नान) को प्रदर्शनी भृकुटीमण्डपमा सुरु भएको हो।

यी प्रदर्शनी कार्तिक १८ गतेसम्म सञ्चालन हुने छ । 

 फ्यानको मेलामा नेपालमा विगत बर्ष देखि नै व्यवसायीक उत्पादन हुदै आएको विविध जातका गोदावरी फूल बिरुवाहरुको साथै यस बर्ष भित्रिएका गोदावरी फूलको केहि नयाँ प्रजातीका फूल बिरुवाहरुको समेत प्रदर्शनी तथा बिक्री बितरण छन् । यसका साथै यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवाहरुको समेत प्रदर्शनीमा समाबेश छन्। 

फ्यानका प्रदर्शनीमा व्यवसायिक स्टल ६० र अन्य गरी जम्मा ७० ओटा  वटा प्रदर्शनी कक्षहरु रहेको मेला संयोजक सीताराम पन्तले बताए । विगतमा ४ दिने मेला हुने गरेकोमा यस बर्ष १ दिन थप गरी ५ दिने मेला आयोजना भएको छ । यस गोदावरी फूलको प्रदर्शनीमा ४० हजार बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोड भन्दा बढिको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ । 

मेला संयोजकको अुसार मेला अवधी भर मेला अवलोकन गर्न आउने दर्शक, अवलोकनकर्ता तथा व्यवसायीहरुको शून्य मौज्दातमा खाता खोली रु.३००।– खातावालाको नाममा कृषि विकास बैंक लि.ले जम्मा गरि दिने छ । साथै खाता खोल्ने ग्राहकहरुलाई मेलामा जुनसुकै फूल बिरुवा खरिदमा १०% छुट को व्यवस्था पनि मिलाइएको छ ।

त्यस्तै, नर्सरी व्यवसायी संघको प्रर्दशनी भृकुटीमण्डपमा सञ्चालन भएको छ । भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा फूल तथा बत्तिको विशेष पर्व तिहारलाई लक्षित गर्दै देशका विभिन्न भागबाट नर्सरी व्यवसायीहरुको सक्रिय सहभागितामा एक्पो गर्न लागिएको नर्सरी संघका अध्यक्ष रामजी तिमसिनाले जानकारी दिए ।

यस मेलामा विभिन्न प्रजातीका फूल फूल्ने तथा नफूल्ने आलंकारीक फूल विरुवाहरुलगायत कृषि तथा वन, जडिबुटी नर्सरी, फलफूल नर्सरीबाट उत्पादीत विविध प्रजातीका बोटविरुवाहरु प्रदर्शनी तथा विक्रि वितरणको लागि राखिने छ । मेलामा ६० वटा व्यवसायीक स्टल रहनुको साथै मलखाद, अर्गानिक एवं रसायनिक विषाधी, विउ विजन, औजार उपकरण तथा प्रविधिहरुको समेत स्टल रहने आयोजकले जनाएको छ । 

मेलाको आकर्षणको रुपमा प्रदर्शित फूल विरुवाको प्रस्तुतीको सम्बन्धित क्षेत्रको विज्ञ प्राविधिकद्वारा मुल्याइन गराई नगद पुरस्कार प्रदान गरिने बताइएको छ । व्यवसायमा क्रियाशिल व्यवसायीहरुमध्येबाट १ जनालाई सम्मान पत्रद्वारा सम्मान गरिने छ । नर्सरी क्षेत्रमा आयातीत वस्तुको प्रतिस्थापनको लागि बृहत लगानीबाट उत्पादनमा सबै व्यवसायीहरुमध्येबाट १ जनालाई नगद, दोसल्ला तथा सम्मान पत्रबाट सम्मान गरिने कार्यक्रम गरिनेछ । 

यस मेलामा कम्तीमा ३० हजार अवलोकन कर्ताले अवलोकन गर्ने साथै ५० लाख भन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । मेला अवलोकन गर्न चाहाने सर्वसाधारणको लागि प्रतिव्यक्ति १ सय र विद्यार्थीहरुका लागि प्रति व्यक्ति ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

विगतमा यी दुवै संघ एकै रहेकोमा फुटेर छुट्टाछुट्टै भएपछि छुट्टाछुट्टै स्थानमा प्रदर्शनी गर्न लागेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved