बालेनले भने ' यो पटक राति १ बजेसम्म देउसी भैलो खेल्न पाइन्छ, प्रहरीले सुरक्षा दिन्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2023 | 11:47:43 AM मा प्रकाशित

laxmi  sunrise bank
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले यो वर्ष काठमाडौँ महानगरमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने बताएका छन् । मेयर शाहले राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने र महानगर नगरप्रहरीले सुरक्षा प्रदान गर्ने बताएका हुन् ।

यो वर्ष काठमाडौ महानगर नगरप्रहरीले " राति १ " बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको ब्यबस्था मिलाएको बताउदै उनले सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेल्नको लागि अनुरोध गरेका छन् । सोही अनुरुप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई पनि सुरक्षाको प्रबन्ध मिलाउन उनले अनुरोध गरेका छन्।

उनका अनुसार विगतको बर्षहरुमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौ महानगर भित्र राति ९ बजे सम्म मात्र थियो । यस वर्ष भने राति १ बजेसम्म अनुमति दिईएको उनले बताएका छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved