नेपाल फाइनान्सको चौथो शाखा सैनामैनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2021 | 09:14:46 AM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल फाइनान्स Nepal Finance  ले रुपन्देहीको सैनामैना नगरपालिकाको मुर्गिया बजारमा शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कम्पनीका संचालक  दिप्रश शाक्यले गरेका हुन्  । 

 निजि क्षेत्रको लगानीको नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा २०४९ सालमा स्थापना भएको वित्तीय संस्थाको हाल काठमाडौ महानगरपालिका २८ कमलादीमा केन्द्रिय कार्यालय सहित ललितपुरको पुल्चोक र काभ्रेपलाञ्चोको बनेपामा शाखा कार्यालय संचालनमा ल्याइसकेको छ । रुपन्देहीको शाखा कम्पनीको चौथो शाखा हो । 

कम्पनीले ललितपुर फाइनान्स लाई प्राप्तिका लागि प्रारम्भिक सम्झौता गरीसकेको छ । ललितपुर फाइनान्सलाई प्राप्ति गरिसकेपछि संस्थाको चुक्ता पूँजी करिब ५५ करोड पुग्ने छ । 

संस्थाले कास्कीको माछापुच्छ्रे गाउँपालिका , बर्दाघाट सुस्तापूर्वको गैडाकोट , जनकपुरको धनुषाधाम ,हेटौडामा शाखा कार्यालय र काठमाडौको कान्तिपथ र कालिमाटीमा विस्तारित काउण्टर पनि यसै आर्थिक वर्ष भित्र संचालनमा ल्याउने गरी तयारी गरेको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved