समृद्धि फाइनान्सको शाखा इटहरीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2022 | 12:51:37 PM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाइनान्सले इटहरीमा शाखा कार्यालय स्थापना गरेको छ। इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले आज आइतबार इटहरी शाखा कार्यालयको उद्घाटन गरेका हुन्।

नेपाल राष्ट्र बैंकको प्रदेश नं. १ कार्यालयकी प्रमुख मिना पाण्डे, ईटहरी उ.वा. संघका अध्यक्ष भिम पौडेल, इटहरी उ.म.न.पा. वार्ड ६ का वार्डअध्यक्ष दिवश पोख्रेल लगायतको उपस्थितिमा शाखा कार्यालय उद्घाटन गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत  टिका निधि लोहनीले स्वागत मन्तव्य राख्दै फाइनान्सको वित्तीय कारोबार सम्बन्धि जानकारी गराएका थिए ।

कम्पनीका प्रमुख व्यवसाय प्रबद्र्यन अधिकृत सुरज कुमार सर्राफले चाँडै नै सातौं र आठौ शाखाको रुपमा बनेपा र जनकपुर शाखाको उद्घाटन गरिने बताएका छन् । उनले मुद्घति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने, १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved