प्रोग्रेसिभ फाइनान्सद्वारा क्युआर भुक्तानी सेवाको शुरुवात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2023 | 05:18:29 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रोग्रेशिभ फाइनान्स लिमिटेडले क्युआर भुक्तानी टेलर सेवा शुरु गरेको छ । यसबाट ग्राहकहरुलाई साना साना रकमहरु झिक्न पनि चेक बुक तथा डेविट कार्डको अनावश्यक प्रयोग गर्नुपर्ने झण्झटबाट मुक्त बनाएको बैंकले जनाएको छ ।

बैंकका अनुसार यो सेवा लिनका निम्ति मोबाइल बैंकिङ सेवा सुचारु भएका ग्राहकहरुले संस्थाका कुनै पनि शाखा वा विस्तारित काउन्टर कार्यालयमा गई क्युआर स्क्यान गरेर रकम भुक्तानी प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । यसको भुक्तानी सीमा भने मोबाइल बैंकिङको भुक्तानी सीमा अनुरुपकै रहनेछ ।

 फाइनान्सका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रमोद भट्टराईले यस सेवाको उद्घाटन गर्दै क्युआर भुक्तानी सेवाको प्रयोग गरी सुरक्षित र भरपर्दो विद्युतीय बैंकिङ कारोबार गर्न सम्पूर्ण ग्राहकहरुलाई अनुरोध गरेका छन् ।

प्रोग्रेशिभ फाइनान्सले हाल २२ वटा शाखा तथा ४ वटा विस्तारित काउन्टरहरु मार्फत बैकिङ सेवाहरु प्रवाह गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved